विष्णु रिमालले योगेश भट्टराईलाई भने– किन उम्लिनुहुन्छ थाहा छैन

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २१, २०७५
|
|
२४ पटक हेरिएको
Shares
विष्णु रिमालले योगेश भट्टराईलाई भने– किन उम्लिनुहुन्छ थाहा छैन

सारांश

  • असोज २१, काठमाण्डौ ।
  • नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले नेताहरुबीचमा विवाद नभएको दावी गरेका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रिमालले संचारमाध्यममा आएजस्तो विवाद र चर्काचर्की नभएको जिकिर गरेका हुन् ।

असोज २१, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले नेताहरुबीचमा विवाद नभएको दावी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रिमालले संचारमाध्यममा आएजस्तो विवाद र चर्काचर्की नभएको जिकिर गरेका हुन् । नेताहरुबीचमा संवाद भइरहेको दावी गर्र्दै रिमालले विवाद हुनुपर्ने विषय नभएको उनको भनाई छ । प्रधानमन्त्री ओली विदेश भ्रमणमा रहेका बेला नेता माधवकुमार नेपालले देश डुब्न लाग्यो, सरकारको काम प्रभावकारी भएन भनेर संसदमा भनेको विषयलाई रिमालले ठूलो विवाद बनाउन नहुने बताए ।

कतिपय विषयमा सरकारले प्रभावकारी ढंगले काम गर्नुपर्छ भन्ने आग्रहलाई विवादको रुपमा लिन नहुने रिमालको भनाई छ । ओलीसँगै अमेरिका भ्रमणमा रहेका रिमाल र नेपालमै रहेका नेता योगेश भट्टराईबीच टुइटमै आरोप प्रत्यारोप भएको थियो । यस विषयमा धमलाले प्रश्न गर्दा रिमालले भने, “टुइट सुइटका विषयमा जान आवश्यक छैन । सबैले आफ्ना विचार लेख्ने हो । साथीहरु किन उम्लिनुहुन्छ ? किन पोखिनुहुन्छ त्यो मलाई थाहा छैन ।” टुइटमा लेखिएको विषयलाई समाचार बनाउनु गलत भएको भन्दै उनले अरु विषय नपाएर आफूहरुको टुइटमा राखिएका विचारलाई नै समाचार बनाइएको आरोप लगाए ।

दलभित्रकै नेताहरुले सरकारको आलोचना गर्नु सरकारको काम प्रभावकारी रुपमा होस् भन्ने चाहना भए पनि केही साथीहरुले कुरा नबुझी आलोचना गर्ने गरेको रिमालको भनाई छ । अहिले सरकारको आलोचना गर्ने समय नभएको बताउँदै रिमालले सरकारले राम्रा काम गरिरहेको दावी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जलवायु परिवर्तनले सोलुको स्याउ खेती धरापमा, विकल्पमा उच्च घनत्व स्याउ खेती
जलवायु परिवर्तनले सोलुको स्याउ खेती धरापमा, विकल्पमा उच्च घनत्व स्याउ खेती
हिरासतमा कृष्णबहादुर महरा को सँग छन् ?
हिरासतमा कृष्णबहादुर महरा को सँग छन् ?
पेरिसडाँडाबाट एक महिला पक्राउ
पेरिसडाँडाबाट एक महिला पक्राउ
अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित, कर्णाली याक्स ८ विकेटले पराजित
अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित, कर्णाली याक्स ८ विकेटले पराजित
पाकिस्तान नियन्त्रित काश्मिरमा ६२ को मृत्यु, २८ बेपत्ता ५३ घाइते
पाकिस्तान नियन्त्रित काश्मिरमा ६२ को मृत्यु, २८ बेपत्ता ५३ घाइते
भन्सार छलेर ल्याएकोे सामानसहित दुई पक्राउ
भन्सार छलेर ल्याएकोे सामानसहित दुई पक्राउ
वाम तालमेल देश र नागरिकको आवश्यकताले बनेको हो : प्रचण्ड
वाम तालमेल देश र नागरिकको आवश्यकताले बनेको हो : प्रचण्ड
वामपन्थीले बहुमत ल्याएर सरकार चलाउँछ, पराजित हुने भलादमी भएर बस्नुपर्छ -सुवास नेम्वाङ
वामपन्थीले बहुमत ल्याएर सरकार चलाउँछ, पराजित हुने भलादमी भएर बस्नुपर्छ -सुवास नेम्वाङ
अब ट्रम्पविरुद्धको महाभियोग अघि बढ्छ : विपक्षी नेता
अब ट्रम्पविरुद्धको महाभियोग अघि बढ्छ : विपक्षी नेता
सहज सहकारीको २ करोड बढिको कारोवार, आयमुलक क्षेत्रमा लागनी लगाउनुपर्नेमा जोड
सहज सहकारीको २ करोड बढिको कारोवार, आयमुलक क्षेत्रमा लागनी लगाउनुपर्नेमा जोड

तपाईंले छुटाउनुभयो कि?