शिक्षाको व्यापारीकरण सदाका निम्ति बन्दः मन्त्री बाँस्कोटा

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ९, २०७५
|
|
२६ पटक हेरिएको
Shares
शिक्षाको व्यापारीकरण सदाका निम्ति बन्दः मन्त्री बाँस्कोटा

सारांश

  • सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शिक्षाको व्यापारीकरण सदाका निम्ति बन्द हुने बताउनुभएको छ ।
  • मण्डनदेउपुर नगरपालिका–४ चैनपुरस्थित महाकाली माध्यमिक विद्यालयको ५८औँ वार्षिकउत्सव तथा नवनिर्मित भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “शिक्षा र स्वास्थ्यमा व्यापारीकरण सदाका निम्ति बन्द गर्दैछौँ, अब एक कक्षामा पाँच लाख रुपैयाँ र डाक्टर बनाउन ८० लाख रुपैयाँ खर्च गराउने दिनको अन्त्य हुँदैछ, नेपालमा अब यो चल्दैन ।
  • ” उहाँले केही वर्षभित्रै सबै निजी क्षेत्रका विद्यालय बन्द गरेर ताला लगाउने नभइ सामुदायिक विद्यालयको गुणस्तरले आफैँ बन्द हुने वातावरण सरकारले बनाउन लागेको जानकारी गराउनुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शिक्षाको व्यापारीकरण सदाका निम्ति बन्द हुने बताउनुभएको छ ।मण्डनदेउपुर नगरपालिका–४ चैनपुरस्थित महाकाली माध्यमिक विद्यालयको ५८औँ वार्षिकउत्सव तथा नवनिर्मित भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “शिक्षा र स्वास्थ्यमा व्यापारीकरण सदाका निम्ति बन्द गर्दैछौँ, अब एक कक्षामा पाँच लाख रुपैयाँ र डाक्टर बनाउन ८० लाख रुपैयाँ खर्च गराउने दिनको अन्त्य हुँदैछ, नेपालमा अब यो चल्दैन ।”

उहाँले केही वर्षभित्रै सबै निजी क्षेत्रका विद्यालय बन्द गरेर ताला लगाउने नभइ सामुदायिक विद्यालयको गुणस्तरले आफैँ बन्द हुने वातावरण सरकारले बनाउन लागेको जानकारी गराउनुभयो । मन्त्री बाँस्कोटाले समाजवाद उन्मुख सरकारले क्रमशः सामुदायिक विद्यालयलाई भविष्यमा गुणस्तरीय जनशक्ति उत्पादन हुने गरी विशुद्ध शैक्षिक केन्द्रका रुपमा स्थापित गर्न थालेको बताउनुभयो ।

उहाँले शिक्षकले विद्यालयमा राजनीति गर्न नपाउने गरी कानून निकट भविष्यमा ल्याइन लागेको जानकारी गराउनुभयो । मन्त्री बाँस्कोटाले विश्वविद्यालयका अधिकांश प्राध्यापक निजी विद्यालयमा गएर पढाउने गरेको पाइएकाले सो विषयमा सरकारले कडा निगरानी गरिरहेको बताउनुभयो । सो अवसरमा उहाँले विद्यालयको नवनर्मित भवनको शिलान्यास गर्नुका साथै उत्कृष्ट शिक्षक तथा अविभावकलाई सम्मान गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री लामिछानेले भन्नुभयो– ‘आत्मदाहको निर्णय फेर्न सकेनौँ, हामी दोषी छौँ’
गृहमन्त्री लामिछानेले भन्नुभयो– ‘आत्मदाहको निर्णय फेर्न सकेनौँ, हामी दोषी छौँ’
सन्दीपले दुई विकेट लिएको खेल रद्द
सन्दीपले दुई विकेट लिएको खेल रद्द
महासंघले बबिता बस्नेतको संयोजकत्वमा बनायो निर्वाचन समिति
महासंघले बबिता बस्नेतको संयोजकत्वमा बनायो निर्वाचन समिति
दाङमा भएको टिपर आगजनी : बन्दकर्ताले नभइ बीमा रकम कुम्ल्याउन चालकदलले नै गरे आगजनी
दाङमा भएको टिपर आगजनी : बन्दकर्ताले नभइ बीमा रकम कुम्ल्याउन चालकदलले नै गरे आगजनी
रोल्पाको धवाङमा अज्ञात व्यक्तिले मतपत्र जलाए
रोल्पाको धवाङमा अज्ञात व्यक्तिले मतपत्र जलाए
बसको ठक्करबाट महिला घाइते
उपनिर्वाचनपछि सरकारले पूर्णता पाउँछ : रक्षामन्त्री
उपनिर्वाचनपछि सरकारले पूर्णता पाउँछ : रक्षामन्त्री
गृहमन्त्रीलाइ यी सांसदले किन भने’ उहाँ छाेरिमान्छे हाेइनहाेला नि !
गृहमन्त्रीलाइ यी सांसदले किन भने’ उहाँ छाेरिमान्छे हाेइनहाेला नि !
बन्यो ! सन्सारको कुनै पनि कुनाबाट मोबाईल रिचार्ज गर्न सकिने एप्स..
बन्यो ! सन्सारको कुनै पनि कुनाबाट मोबाईल रिचार्ज गर्न सकिने एप्स..
बुहारीले ससुराकाे काजकिरिया गर्न खाेज्दा परिवार सामाजिक बहिष्कारमा
बुहारीले ससुराकाे काजकिरिया गर्न खाेज्दा परिवार सामाजिक बहिष्कारमा

तपाईंले छुटाउनुभयो कि?