श्रीमती कांग्रेस उम्मेदवार , श्रीमान चुनाव बहिस्कार

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २२, २०७४
|
|
३० पटक हेरिएको
Shares
श्रीमती कांग्रेस उम्मेदवार , श्रीमान चुनाव बहिस्कार

सारांश

  • २२ जेठ, रोल्पा ।
  • स्थानीय चुनावमा परिवारका सदस्य फरक फरक पार्टीबाट उम्मेदवार बनेको समाचार अब नयाँ रहेन ।
  • तर रोल्पाको सुकिदह गाउँपालिकामा भने अलि फरक चुनावी चर्चा छ ।

२२ जेठ, रोल्पा । स्थानीय चुनावमा परिवारका सदस्य फरक फरक पार्टीबाट उम्मेदवार बनेको समाचार अब नयाँ रहेन । तर रोल्पाको सुकिदह गाउँपालिकामा भने अलि फरक चुनावी चर्चा छ ।

स्थानीय तहको चुनाव बहिस्कार र असफल पार्न लागेका श्रीमानलाई चुनौति दिदै श्रीमती सत्तारुढ नेपाली कांग्रेसबाट उम्मेदवार बनेपछि सुकिदहमा रमाइलो चर्चा शुरुभ एको छ ।

बिप्लब नेतृत्वको नेकपा माओवादीले चुनाव बहिस्कार गरेको छ । सो पार्टीको शिक्षक संगठनका जिल्ला नेता नेत्र वलीकी पत्नी अमृताकुमारी केसी भने कांग्रेसबाट सुकिदह गाउँपालिका उपाध्यक्षमा उम्मेदवार बनेकी छन् ।

अब मतदाता प्रश्न गर्न थालेका छन्-वलीले पार्टी निर्देशन मानेर चुनाव बहिस्कार गर्लान् कि अर्धाङगीनी अमृतालाई जिताउन मतदान गर्लान् ? वली विप्लव निकट शिक्षक संगठनको जिल्ला सदस्य छन् ।

कांग्रेसबाट उम्मेदवार बनेकी उनकी श्रीमती अमृता स्नातक पहिलो वर्षकी विद्यार्थी हुन् । तर, उनी राजनीतिक पृष्ठभूमिकी भने होइनन् ।
‘अमृता पहिले कुनै पार्टी वा संगठनमा आबद्ध भएको थाहा थिएन । तर एकाएक उनलाई कांग्रेसले उम्मेदवार बनाएको थाहा भयो,’ सुकिदहका एक कांग्रेस कार्यकर्ताले भने ।

सुकिदहको चुनाव यति कारणले मात्रै चर्चित भएको पनि होइन । अझ रोचक कुरा चाहिँ के छ भने,अमृताका बुवा लिलाधर खत्री भने एमाले समर्थक हुन् ।

ठूलोबुवा कुलबहादुर खत्री कांग्रेसको राजनीतिमा सक्रिय थिए । पूर्वप्रधान समेत बनेका कुलबहादुरको निधन भइसकेको छ ।

सुकीदह गाउँपालिकामा नेकपा एमालेले निर्मलाकुमारी वलीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । १२ कक्षा उत्तीर्ण गरेकी उनी एमाले सुकिदहकी सदस्य हुन् । यद्यपी उनी राजनीतिमा सक्रिय थिइनन् । निर्मलाको बुवा इन्द्र वली कुनैबेला कांग्रेसको राजनीतिमा सक्रिय थिए ।

निर्मलाका श्रीमान हिमामणी डाँगी भने वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा छन् । निर्मलाको ससुरा मनबहादुर ०५४ सालको स्थानीय चुनावमा वडा अध्यक्षमा पराजित भएका थिए ।

मौका पाए काम गर्न सक्ने देखेर एमालेले निर्मलालाई सुकिदहमा भिडाउने निर्णय गरेको एमाले नेता नेपबहादुर वलीले जनाए ।
माओवादी केन्द्रबाट उपाध्यक्षमा रिताकुमारी घर्तीलाई उम्मेदवार बनाएको छ ।

८ कक्षा पढेकी उनी माओवादी केन्द्र सुकिदहकी कोषाध्यक्ष हुन् । तर, उनका बुवा राकेश डिसी भने राप्रपाको राजनीतिमा सक्रिय छन् ।

रीताका श्रीमान प्रमोद रोजगारीको लागि भारत जाने-आउने गर्दछन् । उनी जनयुद्धको बेला जस्तो पार्टीमा त्यति सक्रिय देखिँदैनन् ।
‘रितालाई योग्य मानेर हामीले उम्मेदवार बनाइदियौं,’ सुकिदहका माओवादी नेता रेशमराज डाँगीले भने ।

सुकिदहका कांग्रेस, एमाले र माओवादीका तीनवटै उम्मेदवारका चुनाबी एजेण्डा भने समान छन् । सुकिदहको विकास, लैंगीक समानता र महिला अधिकारका लागि आफूहरु लागीपर्ने उनीहरु बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड सुध्रिने संकेत, कम्युनिष्ट बन्न नसकेको स्वीकारोक्ति
प्रचण्ड सुध्रिने संकेत, कम्युनिष्ट बन्न नसकेको स्वीकारोक्ति
बागमती प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता
बागमती प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता
आफै खनेको खाल्डोमा कानुनमन्त्री तामाङ, राजीनामा दिने तयारीमा
आफै खनेको खाल्डोमा कानुनमन्त्री तामाङ, राजीनामा दिने तयारीमा
Mostbet Uzbekistan Официальный сайт спортивных ставок и онлайн-казино UZ 202
पुस २७ गते सोमवारको राशिफल यस्तो छ
पुस २७ गते सोमवारको राशिफल यस्तो छ
फागुन २८ गतेका निर्णय फिर्ता लिन ओली पक्ष तयार नभएको रावलको भनाई, अर्को बैठक कहिले ?
फागुन २८ गतेका निर्णय फिर्ता लिन ओली पक्ष तयार नभएको रावलको भनाई, अर्को बैठक कहिले ?
रामग्राम स्तूपलाई विश्वसम्पदा सूचीमा समावेश गर्न माग
रामग्राम स्तूपलाई विश्वसम्पदा सूचीमा समावेश गर्न माग
मित्र राष्ट्र चिनले बाढिपिडितलाई १० लाख अमेरिकि डलर सहयोग गर्ने घोषणा/
मित्र राष्ट्र चिनले बाढिपिडितलाई १० लाख अमेरिकि डलर सहयोग गर्ने घोषणा/
नेपाली क्रिकेट खेलाडीलाई एमाले अध्यक्ष ओलीको बधाई
नेपाली क्रिकेट खेलाडीलाई एमाले अध्यक्ष ओलीको बधाई
‘किस्ताबन्दी’मा मन्त्रिपरिषद् विस्तार
‘किस्ताबन्दी’मा मन्त्रिपरिषद् विस्तार

तपाईंले छुटाउनुभयो कि?