श्रीलङ्काको होटल र चर्चमा भयानक बिस्फोट, मृत्यु हुनेको संख्या १६० पुग्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ८, २०७६
|
|
४० पटक हेरिएको
Shares
श्रीलङ्काको होटल र चर्चमा भयानक बिस्फोट, मृत्यु हुनेको संख्या १६० पुग्यो

सारांश

  • कोलम्बो।
  • श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च)मा आइतबार भएका शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १६० जना पुगेको छ।
  • त्यहाँको प्रहरी र अस्पताल स्रोतको अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या १६० जना पुगेको र अरु सयौं व्यक्ति घाइते भएको एशिया टाइम्समा उल्लेख गरिएको छ।
कोलम्बो। श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च)मा आइतबार भएका शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १६० जना पुगेको छ।
त्यहाँको प्रहरी र अस्पताल स्रोतको अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या १६० जना पुगेको र अरु सयौं व्यक्ति घाइते भएको एशिया टाइम्समा उल्लेख गरिएको छ।
पहिलो बिस्फोटन राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको सेन्ट सेबास्टियन चर्चमा भएका थिए।
चर्चमा बिस्फोट भएलगत्तै राजधानीका तीनवटा होटलमा पनि आक्रमण भएको प्रहरीले जनाएको छ। राजधानी कोलम्बोका साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि बिस्फोट भएका छन्।
सामाजिक सञ्जालमा राखिएका तस्वीरहरुमा चर्चको छाना ध्वस्त भएको देखिएको छ ।
चर्चको भुँइ टुटेफुटेका टाइल, भाँचिएका काठपात र रगत लतपतिएको देखिएको छ। तर यी तस्वीरको प्रामाणिकता पुष्टी हुन बाँकी छ। बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन्।
गिर्जाघरहरुमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी रहेको बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?