एमालेमा सवा लाख नयाँ सदस्यताको आवेदन

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २४, २०८०
|
|
३८ पटक हेरिएको
Shares
एमालेमा सवा लाख नयाँ सदस्यताको आवेदन

सारांश

  • काठमाडौ ।
  • नेकपा (एमाले) ले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानका अवधिमा एक लाख १९ हजार ९६ नयाँ सदस्यताको आवेदन परेको छ ।
  • गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपेक्षित नतिजा नआएपछि एमालेले पार्टी सुदृढीकरणका लागि गत फागुन ५ देखि वैशाख ९ गतेसम्म ‘मिसन ग्रासरुट’ सञ्चालन गरेको थियो ।

काठमाडौ । नेकपा (एमाले) ले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानका अवधिमा एक लाख १९ हजार ९६ नयाँ सदस्यताको आवेदन परेको छ ।

गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अपेक्षित नतिजा नआएपछि एमालेले पार्टी सुदृढीकरणका लागि गत फागुन ५ देखि वैशाख ९ गतेसम्म ‘मिसन ग्रासरुट’ सञ्चालन गरेको थियो । पार्टीका माथिल्ला र तल्ला कमिटीका नेता तथा कमिटी परिचालित सो अभियानका क्रममा उक्त सङ्ख्यामा नयाँ सदस्यताको आवेदन परेको हो ।

उक्त आवेदनलाई अध्ययन गरी पार्टीको केन्द्रीय सङ्गठन विभागले स्वीकृति र नवीकरण भएका सदस्यको अद्यावधिक गर्ने सो पार्टीका जनसङ्गठन समन्वय संयन्त्रका संयोजक एवम् सङ्गठन विभागका सदस्य भानुभक्त ढकालले जानकारी दिए ।
एमालेले हालैको केन्दीय कमिटी र सचिवालयको निर्णयबमोजिम आउने असार मासन्तभित्र पार्टी सदस्यताको नवीकरण अद्यावधिक गराई भदौमा सबै प्रदेशको अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको सचिवालयको बैठकपछि अध्यक्ष केपी शर्मा ओलीबाट जारी अन्तरपार्टी निर्देशन–७ मा जनाइएको छ ।

मिसन ग्रासरुट अभियानको समीक्षा र भावी योजना तर्जुमाका लागि गत वैशाख २८ देखि ३० गतेसम्म एमालेको केन्द्रीय कमिटीको पाँचौँ बैठक भएको थियो । अभियानका क्रममा देखिएका वैचारिक र साङ्गठनिक क्षेत्रका समस्या र चुनौतीलाई सम्बोधन गर्न सो पार्टीले विशेष योजनासहित निर्देशन जारी गरेको छ । साथै मनोनयनबाट थप भएकासहित तीन सय ४९ केन्द्रीय सदस्यको नयाँ कार्यविभाजन गरिएको छ ।

सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले अन्तरपार्टी निर्देशन पार्टीको सम्बन्धित पङ्क्तिमा पुगिसकेको प्रचार विभागको प्रमुखमा स्थायी कमिटीका सदस्य राजेन्द गौतमलाई जिम्मेवारी दिइएसँगै प्रचार कार्यले थप गति लिने बताए ।

(https://jeepadvices.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विभिन्न नाकाबाट भारतीयहरु नेपाल प्रवेश, प्रहरीकै सेटिङ देखियो
विभिन्न नाकाबाट भारतीयहरु नेपाल प्रवेश, प्रहरीकै सेटिङ देखियो
साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह सम्पन्न
साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह सम्पन्न
राष्ट्रपति ट्रम्पलाई कोरोना सङ्क्रमण देखिएन
राष्ट्रपति ट्रम्पलाई कोरोना सङ्क्रमण देखिएन
युवासंघलाई देशकै डरलाग्दो भरलाग्दो रहर लाग्दो संगठन बनाउछौ : पुर्वमन्त्री  बस्नेत
युवासंघलाई देशकै डरलाग्दो भरलाग्दो रहर लाग्दो संगठन बनाउछौ : पुर्वमन्त्री बस्नेत
गृहमन्त्रीकै आडमा वडाध्यक्षले गर्दैछन् तस्करी!
गृहमन्त्रीकै आडमा वडाध्यक्षले गर्दैछन् तस्करी!
श्रीलंकाका सबै मन्त्रीले दिए सामूहिक राजीनामा
श्रीलंकाका सबै मन्त्रीले दिए सामूहिक राजीनामा
पूर्व न्यायाधीशहरुले गरे न्यायाधीश सिफारिसको विरोध
पूर्व न्यायाधीशहरुले गरे न्यायाधीश सिफारिसको विरोध
बाम गठबन्धनका उम्मेदवार वलीमाथि नेपाली काँग्रेसका कार्यकर्ताहरुले आक्रमण !
बाम गठबन्धनका उम्मेदवार वलीमाथि नेपाली काँग्रेसका कार्यकर्ताहरुले आक्रमण !
पहिरोमा परी तीनको मृत्यु, तीन बेपत्ता
पहिरोमा परी तीनको मृत्यु, तीन बेपत्ता
काठमाडौंको एक वडामा कांग्रेसले खोल्यो खाता