प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बाेलेकाे गलत साबित हुँदै, यो वर्ष पनि ठूलो रकम फ्रिज
सारांश
- काठमाडौं, ३ साउन।
- नेपाल प्रहरीका ५ सय भन्दा धेरै कार्यालयमा शौचालय समेत छैनन्।
- तर गत वर्ष नेपाल प्रहरीको २८ करोडभन्दा बढी बजेट खर्च गर्न नसकी फ्रिज भएको छ।
काठमाडौं, ३ साउन। नेपाल प्रहरीका ५ सय भन्दा धेरै कार्यालयमा शौचालय समेत छैनन्। तर गत वर्ष नेपाल प्रहरीको २८ करोडभन्दा बढी बजेट खर्च गर्न नसकी फ्रिज भएको छ। आर्थिक वर्ष २०७४–७५ मा प्रहरीको चालू खर्चतर्फ २४ करोड ५३ लाख तथा पुँजीगततर्फ ४ करोड १६ लाख रुपैयाँ खर्च नभई फिर्ता भएको छ।
चालूतर्फ खर्च हुन नसकेको २४ करोडमध्ये १८ करोड रुपैयाँ ट्राफिक प्रहरीको भत्तावापतको रकम हो। आर्थिक वर्ष २०७३/७४ तथा २०७४/७५ का लागि अर्थ मन्त्रालयले सो रकम पठाएको थियो। तर, सरकारले स्वीकृत नगर्दा ट्राफिकको भत्ता फिर्ता भएको हो। नेपाल प्रहरीमा हरेक वर्ष बजेट फ्रिज हुने समस्या छ। भौतिक संरचनाको निर्माणदेखि संगठनका लागि अत्यावश्यक कतिपय सामान खरिद हुन सकेका छैनन्। तर, बजेट भने फ्रिज हुने गरेको छ। खरिदका कारण विवादमा पर्ने डरले प्रहरी नेतृत्वले निर्णय गर्न नसक्ने परिपाटी प्रहरीमा विकसित भएको छ।
दृष्टि न्युजका अनुसार तीन साताअघि आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विगतमा जस्तो बजेट फ्रिज हुने समस्या अब नहुने बताएका थिए। तर, यो वर्ष पनि ठूलो रकम फ्रिज भएको छ।
प्रतिक्रिया