पुष्पलाल र गंगालालको जन्म थलोबाट सीता केसीको हुंकार : कम्युनिष्ट झण्डा फहराएरै छोड्छौँ

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ७, २०७९
|
|
३६ पटक हेरिएको
Shares
पुष्पलाल र गंगालालको जन्म थलोबाट सीता केसीको हुंकार : कम्युनिष्ट झण्डा फहराएरै छोड्छौँ

सारांश

  • राणा विरुद्धको आन्दोलनका सहिद गंगालाल श्रेष्ठको जन्मथलो हो रामेछापको भँगेरी ।
  • गंलागाल श्रेष्ठका भाइ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको पनि जन्मथलो हो भँगेरी ।
  • गंगालागाल श्रेष्ठका माहिला भाइ पुष्पलाल ।

राणा विरुद्धको आन्दोलनका सहिद गंगालाल श्रेष्ठको जन्मथलो हो रामेछापको भँगेरी ।

गंलागाल श्रेष्ठका भाइ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको पनि जन्मथलो हो भँगेरी । गंगालागाल श्रेष्ठका माहिला भाइ पुष्पलाल ।

गंगालाललाई राणाहले फाँसी दिने बेला उहाँले पुष्पलाललाई बोलाएर भन्नुभएको थियो,‘माहिला मेरो बिँडो अब तैँले थाम्नु ।’ गंगालालले भने जस्तै दाइको बिँडो थाम्नुभयो पुष्पलालले ।

पुष्पलालले श्रमजीवी जनताको लागि नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नुभयो । त्यसको महासचिव हुनुभयो । धेरै संघर्ष गर्नुभयो ।

अहिले पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टी नेपालको सबैभन्दा ठुलो राजनीतिक दलको रूपमा स्थापित छ । अझ विभिन्न टुक्रामा विभाजित भएका कम्युनिष्टलाई जोड्ने हो भने नेपालमा कम्युनिष्ट पार्टीको दुईतिहाई बढी मत छ ।

तिनै कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मथलो भँगेरी समेत समेटिएर बनेको छ रामेछापको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका ।

कम्युनिष्ट पार्टीका महासचिवको जन्मथलोमा गएको स्थानीय निर्वाचनमा कम्युनिष्ट पार्टीले चुनाव जित्न सकेन । कम्युनिष्टहरु एक आपसमा फुटेर लडे । नेपाली कांग्रेसका उम्मेदवारले नेकपा एमालेका उम्मेदवार भन्दा एक सय बढी मत ल्याएर चुनाव जित्नुभयो । एमालेका उम्मेदवार रोशन पाख्रिन कांग्रेसका उम्मेदवार नरबहादुर मगरसँग एक सय मतले पराजित हुनुभयो ।

कम्युनिष्ट पार्टीका महासचिवकै जन्मथलोमा चुनाव हार्दा एमालेले कम्ति पीडा भोग्नु परेन । ‘आठ मध्ये पाँच वटा पालिकामा चुनाव जितियो तर पुष्पलालकै जन्मथलोमा चुनाव हारियो, यसले हामीलाई जहाँ जाँदा पनि लज्जित बनायो, आफ्नै प्राविधिक कमजोरीको कारण चुनाव हारियो, अब त्यो कमजोरी दोहोरिन दिँदैनौँ, रामेछाप नगरपालिकामा चुनाव जित्नै पर्छ’, नेकपा एमालेका केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज कैलाशप्रसाद ढुंगेल भन्नुहुन्छ ।

यस पटकको स्थानीय तह निर्वाचनको लागि रामेछापमा एमालेले सर्वसम्मत उम्मेदवार छनोट गरिसकेको छ । नगरप्रमुखमा गएको चुनावमा एक सय मतले पराजय व्यहोर्नु भएका रोशन पाख्रिनलाई नै एमालेले उम्मेदवार बनाएको छ । उपप्रमुखमा निडर र प्रखर महिला सीता केसी एमालेको उम्मेदवार बन्नुभएको छ ।

अन्य पार्टीका उम्मेदवारको टुंगो नलाग्दै रामेछापमा एमालेका उम्मेदवारहरू एक महिना अघिदेखि चुनाव प्रचारमा व्यस्त छन् । उहाँहरू घरदैलो अभियानमा निरन्तर लागि रहनुभएको छ । ‘यस पटक पुष्पलालको जन्मथलोमा कम्युनिष्ट पार्टीको झण्डा गाडेरै छाड्ने हो, हामी जनताको घरदैलोमा छौँ, जनताको हामी प्रति व्यापक समर्थन छ’, चुनावी अभियानमा लाग्नुभएकी एमाले उम्मेदवार केसीले भन्नुभयो ।

रामेछापको मुहार फेर्न र पुष्पलालको सपना साकार पार्न आफूहरूले रामेछाप नगरपालिकामा चुनाव जित्नुपर्ने उहाँको भनाइ छ । ‘भर्खरै पालिकाको केन्द्र बनेका ठाउँ कहाँबाट कहाँ पुगे, तर २ सय वर्षसम्म सदरमुकाम बसेको रामेछाप बजार पाँच वर्षमा पनि जस्ताको तस्तै रह्यो, ग्रामीण भेगका त कुरै छाडौँ, रामेछाप बजारले समेत मुहार फेर्न सकेन, रामेछाप र भँगेरीलाई व्यवस्थित बनाउन पनि एमालेकै आवश्यकता देखियो’, केसीले भन्नुभयो ।

कांग्रेसबाट निर्वाचित स्थानीय सरकारले रामेछापमा नियमित प्रशासनिक काम बाहेक अन्य केही गर्न नसकेको उहाँको टिप्पणी छ । ‘भौतिक पूर्वाधारका केही काम हुन सकेनन्, किसानको अवस्थामा केही सुधार भएन, उद्योग, व्यवसाय केही पनि अघि बढ्न सकेनन्, जनताले स्थानीय सरकार र संघीय शासन व्यवस्थाको अनुभूति समेत गर्न पाएनन्, त्यसैले रामेछापवासीको मुहार परिवर्तनको लागि विकासको सोच र दृष्टिकोण भएको एमालेको नगर सरकार आवश्यक छ’, केसीले भन्नुभयो ।

हिजो स्थानीय सरकामा नहुँदा पनि प्रदेश र केन्द्र सरकार मार्फत रामेछापमा एमालेले गरेका विकासका नमुना काम, विकास प्रतिको प्रष्ट दृष्टिकोण एमालेका उम्मेदवारको क्रियाशीलता, सकारात्मक सोच र जनताको माया नै यो चुनाव जित्ने एमालेको आधार भएको केसी बताउनुहुन्छ । ‘न बिचार छ, न कुनै दृष्टिकोण छ, न कुनै योजना छ, त्यस्तो गठबन्धनका उम्मेदवारलाई जनताले कसरी पत्याउँछन् ? कसरी विश्वास गर्छ ? उनीहरूले के आधारले भोट माग्छन् ?’, उहाँले प्रश्न गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संवेदनशील र अतिसंवेदनशील मतदानकेन्द्रमा कुकुर सहित तालिम प्राप्त प्रहरी खटिए
संवेदनशील र अतिसंवेदनशील मतदानकेन्द्रमा कुकुर सहित तालिम प्राप्त प्रहरी खटिए
काठमाडौं क्षेत्र नम्बर ४ मा गगनको अग्रता !
काठमाडौं क्षेत्र नम्बर ४ मा गगनको अग्रता !
प्रधानमन्त्री ओलीको अस्पताल बसाई लम्बिने
प्रधानमन्त्री ओलीको अस्पताल बसाई लम्बिने
आजदेखि अन्तराट्रिय उडानमा ‘मन्ट्रियल’ महासन्धि लागू हुने
आजदेखि अन्तराट्रिय उडानमा ‘मन्ट्रियल’ महासन्धि लागू हुने
भारतले चन्द्रमामा पठायो चन्द्रयान
भारतले चन्द्रमामा पठायो चन्द्रयान
एकीकृत कारोबार गर्दै ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’
एकीकृत कारोबार गर्दै ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’
प्रधानमन्त्री ओलीले लम्पसारवादी चरित्र देखाए : नेपाल विद्यार्थी संघ
प्रधानमन्त्री ओलीले लम्पसारवादी चरित्र देखाए : नेपाल विद्यार्थी संघ
३३ किलाे सुन प्रकरण: भाारतमा यी दुइजना सहित फेला
रौतहट घटना भएको तत्कालिन प्रहरी प्रमुख र मध्यक्षेत्रीय प्रहरीद्वारा स्वीकार
रौतहट घटना भएको तत्कालिन प्रहरी प्रमुख र मध्यक्षेत्रीय प्रहरीद्वारा स्वीकार
काठमाडौं उपत्यकाका विभिन्न आठ नगरपालिका मेयरमा कांग्रस एमालेको चार चार नगरपालिकामा अग्रता
काठमाडौं उपत्यकाका विभिन्न आठ नगरपालिका मेयरमा कांग्रस एमालेको चार चार नगरपालिकामा अग्रता

तपाईंले छुटाउनुभयो कि?