सत्तासिन दलसंग सम्बन्ध बिच्छेद गरेको राप्रपाको अबको समिकरण एमालेसँग सुरु भएको संकेत,..

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १४, २०७४
|
|
३२ पटक हेरिएको
Shares
सत्तासिन दलसंग सम्बन्ध बिच्छेद गरेको राप्रपाको अबको समिकरण एमालेसँग  सुरु भएको संकेत,..

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा नजाने घोषणा गर्ने भएको छ ।
  • सत्तासिन दल कांग्रेस र माओवादी केन्द्रले अपनामान गरेको निस्कर्षसहित राप्रपाले सरकारमा नजाने घोषणा गर्ने भएको हो ।
  • सम्मानजनक सहभागितासहित सरकारमा सहभागि हुने निर्णय गरेको राप्रपालाई सरकारमा नलगेपछि राप्रपा असन्तुष्ट बनेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा नजाने घोषणा गर्ने भएको छ । सत्तासिन दल कांग्रेस र माओवादी केन्द्रले अपनामान गरेको निस्कर्षसहित राप्रपाले सरकारमा नजाने घोषणा गर्ने भएको हो । सम्मानजनक सहभागितासहित सरकारमा सहभागि हुने निर्णय गरेको राप्रपालाई सरकारमा नलगेपछि राप्रपा असन्तुष्ट बनेको छ ।

मन्त्रिपरिषद्मा सहभागी हुन बनाएको वार्ता समिति यसअघि नै भंग गरिसकेको छ । वार्ता समिति भंगसँगै राप्रपाले संविधान संशोधनका पक्षमा मतदान गर्ने यसअघिको कार्य सम्पादन समितिको निर्णयमा समेत पुनर्विचार गर्ने तयारी गरेको हो । संविधान संशोधन र सरकारमा सहभागी हुने विषयमा निर्णय गर्ने जिम्मा कार्यसम्पादन समितिलाई दिइसकेको छ ।

अब बस्ने कार्यसम्पादन समितिले सरकारलाई दिएको समर्थन फिर्ता लिदै संशोधनको विपक्षमा उभिने निर्णय गर्ने एक केन्द्रीय सदस्यले दावी गरे । अध्यक्ष कमल थापाकै नेतृत्वमा राप्रपाले पाँच मन्त्रालय सम्हाल्ने गरि तयारी गरिरहेको थियो । नेता वुद्धिमान तामाङले सरकारलाई समर्थन गरिरहनुको औचित्य नरहेकाले राप्रपा नयाँ ढंगले अघि बढ्ने बताए । उनले प्रष्ट नभनेपनि अबको समिकरण एमालेसँग गरेर जानेमा छलफल सुरु भएको संकेत गरे । तामाङले भने संविधान संशोधनमा लचक रहेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदको अवरोध हटाउन सभामुखसहित शीर्ष नेताको बैठक आज पनि बस्दै
संसदको अवरोध हटाउन सभामुखसहित शीर्ष नेताको बैठक आज पनि बस्दै
दाङमा कोमल वलीसहित आठ जनाले लिए उम्मेदवारी फिर्ता
दाङमा कोमल वलीसहित आठ जनाले लिए उम्मेदवारी फिर्ता
एमाले-माओवादी एकता – ५५ वर्षपछि एउटै ‘नेपाल कम्युनिष्ट पार्टी’
एमाले-माओवादी एकता – ५५ वर्षपछि एउटै ‘नेपाल कम्युनिष्ट पार्टी’
प्रहरीमा आर्थिक अपराध हेर्ने छुट्टै ब्यूरो स्थापना हुने
प्रहरीमा आर्थिक अपराध हेर्ने छुट्टै ब्यूरो स्थापना हुने
शेखरले चुनावमा हार्नुको दोष शेरबहादुरलाई दिए
शेखरले चुनावमा हार्नुको दोष शेरबहादुरलाई दिए
नेपालगञ्जमा ९ जना र पर्सामा १ जना कोरोना संक्रमित थपिए, जम्मा ६९ संक्रमित
राष्ट्रपति पौडेल बागलुङमा
राष्ट्रपति पौडेल बागलुङमा
माधव नेपालसँग सधैँ किन लिन्छन् राष्ट्रपति भण्डारी र प्रम ओली बदला ?
माधव नेपालसँग सधैँ किन लिन्छन् राष्ट्रपति भण्डारी र प्रम ओली बदला ?
अबदेखि मलेसिया कामदार पठाउँदा बिचौलिया कम्पनी र एजेन्टको प्रवेश निशेध
अबदेखि मलेसिया कामदार पठाउँदा बिचौलिया कम्पनी र एजेन्टको प्रवेश निशेध
प्रधानसेनापतिका विषयमा झुठो सूचनामा आधारित समाचार प्रकाशित भयो : उपप्रधानमन्त्री खड्का
प्रधानसेनापतिका विषयमा झुठो सूचनामा आधारित समाचार प्रकाशित भयो : उपप्रधानमन्त्री खड्का

तपाईंले छुटाउनुभयो कि?