४ मिनेट ढिला परीक्षा केन्द्र पुग्दा छात्रले गरे आत्महत्या !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २२, २०७५
|
|
४६ पटक हेरिएको
Shares
४ मिनेट ढिला परीक्षा केन्द्र पुग्दा छात्रले गरे आत्महत्या !

सारांश

  • परीक्षा दिन नपाएर एक छात्रले आत्महत्या गरेका छन् ।
  • परीक्षा केन्द्रमा चार मिनेट ढिलो पुगेका कारण परीक्षा दिन नपाएका छात्रले आत्महत्या गरेको भारतीय पत्रिका दैनिक जागरणमा खबर छ ।
  •   प्रकाशित खबर अनुसार ओल्ड राजेन्द्र नगरमा बसेर युपिएससी परीक्षाको तयारी गरेका २७ वर्षका वरुण सुभाष चन्द्रनले आत्महत्या गरेका हुन् ।

परीक्षा दिन नपाएर एक छात्रले आत्महत्या गरेका छन् ।

परीक्षा केन्द्रमा चार मिनेट ढिलो पुगेका कारण परीक्षा दिन नपाएका छात्रले आत्महत्या गरेको भारतीय पत्रिका दैनिक जागरणमा खबर छ ।  प्रकाशित खबर अनुसार ओल्ड राजेन्द्र नगरमा बसेर युपिएससी परीक्षाको तयारी गरेका २७ वर्षका वरुण सुभाष चन्द्रनले आत्महत्या गरेका हुन् ।

चार मिनेटमात्रै ढिलो पुगेका कारण परीक्षा दिन नपाएको पीडा सहन नसकेर वरुणले घरमा पंखामा झुण्डिएर आत्महत्या गरेका हुन् ।

आइतबार भएको युपिएससीको प्रारम्भिक परीक्षामा उनी पहाडगञ्जमा रहेको परीक्षा केन्द्र पुगेका थिए । जुन उनको केन्द्र थिएन ।

त्यसपछि आफ्नो सही परीक्षा केन्द्रमा गए तर चार मिनेट ढिलो भएकाले प्रवेश गर्न पाएनन् र परीक्षा दिनबाट वञ्चित भए । यसले घटनाबाट निराश भएका उनले घरमा गएर आत्महत्या गरेका हुन् ।

उनी कर्नाटकको उत्तराखण्डका स्थायी बासिन्दा हुन् । भारतको सरकारी सेवामा प्रवेशका लागि यो युपिएससीको परीक्षा पास गर्नुपर्छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Samita Kc

    So sad news

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?