सभामुख सापकोटाले बोलाए विशेष छानविन समितिको बैठक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २४, २०७९
|
|
४४ पटक हेरिएको
Shares
सभामुख सापकोटाले बोलाए विशेष छानविन समितिको बैठक

सारांश

  • सभामुख अग्निप्रसाद सापकोटाले विशेष छानविन समितिका समितिका सदस्यहरुलाई बैठकमा बोलाएका छन् ।
  • दिउँसो साढे १ बजे नयाँ बानेश्वरमा बैठकका लागि बोलाएको एकीकृत समाजवादीकी सांसद सरलाकुमारी यादवले रातोपाटीलाई जानकारी दिइन् ।
  • प्रतिनिधि सभाको बैठक बस्नुअघि छानविन समितिको बैठक बोलाइएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले विशेष छानविन समितिका समितिका सदस्यहरुलाई बैठकमा बोलाएका छन् । दिउँसो साढे १ बजे नयाँ बानेश्वरमा बैठकका लागि बोलाएको एकीकृत समाजवादीकी सांसद सरलाकुमारी यादवले रातोपाटीलाई जानकारी दिइन् । प्रतिनिधि सभाको बैठक बस्नुअघि छानविन समितिको बैठक बोलाइएको हो ।

२ दिनअघि पदबाट राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न ११ सदस्यीय संसदीय विशेष छानविन समिति बनेको थियो । शर्माले बजेट निर्माण गर्दा अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करको दर परिवर्तन गरेको आरोप लागेको छ । सो समितिले के कसरी काम गर्दैछ त्यसका लागि सभामुख सापकोटाले सहजीकरणका लागि बैठक बोलाएका हुन् ।

छानविन समितिका एक सदस्य एमाले सांसद भानुभक्त ढकाल भने सहभागी हुने छैनन् । आफन्तकोमा बिहे परेका कारण आफूले सभामुखसँग बिदा मागेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ