अक्करकाे भीरबाट जीप अरुण नदीमा खस्यो, ६ जना बेपत्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १, २०७६
|
|
४५ पटक हेरिएको
Shares
अक्करकाे भीरबाट जीप अरुण नदीमा खस्यो, ६ जना बेपत्ता

सारांश

  • काठमाडौं।
  • संखुवावासभाको खाँदबारीबाट दुई जना बिरामी लिएर हिँडेको बोलेरो जीप अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन्।
  • धर्मदेवी नगरपालिकाको अक्करको भीरमा मंगलबार राति १० ः ५ बजे बोलेरो जीप दुर्घटना भएको संखुवासभा प्रहरीले जनाएको छ।

काठमाडौं। संखुवावासभाको खाँदबारीबाट दुई जना बिरामी लिएर हिँडेको बोलेरो जीप अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन्। धर्मदेवी नगरपालिकाको अक्करको भीरमा मंगलबार राति १० ः ५ बजे बोलेरो जीप दुर्घटना भएको संखुवासभा प्रहरीले जनाएको छ। ‘राति साढे दश बजे अक्करको भीरबाट जीप अरुण नदीमा खसेको खबर आउने वित्तिकै हाम्रो टोली घटनास्थलतर्फ लागेको छ,’ एक प्रहरीले भने, ‘अक्करको भीरबाट जिप खसेर अरुण नदीमा बेपत्ता भएको अनुमान छ। जीप खसेको ठाउँमा जीपमा सिसाहरु फुटेका छन्। कति नम्बरको जीप हो भन्ने अहिले जानकारी भएको छैन।’
प्रहरीका अनुसार जीपमा दुई महिनाकी बच्चासहित छ जना यात्रु सवार थिए।
बिरामीको खाँदबारीमा उपचार हुन नसकेछि थप उपचारका लागि वीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा गाडी दुर्घटाना भएको हो।
रातको समयमा दुर्घटना भएकाले बेपत्ताको खोजी कार्य हुनसकेको छ्रैन। अरुण खोलामा बाढीआएका कारण उनीहरुको खोजीमा समेत समस्या भएको छ। गाडी खाँदबारी–१ का राजनारायण लिम्बुको रहेको खुलेको छ। संखुवासभा प्रहरीले घटनाबारे जानकारी भएको र त्यसबारे विस्तृत आइनसकेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाणगंगा यातायात ब्यावसायी द्धारा सम्मान कार्यक्रम सम्पन्न
वाणगंगा यातायात ब्यावसायी द्धारा सम्मान कार्यक्रम सम्पन्न
झापा ५ मा केपी ओलीविरुद्ध विश्वप्रकाशलाई उठाउने तयारी
झापा ५ मा केपी ओलीविरुद्ध विश्वप्रकाशलाई उठाउने तयारी
आफुलाई फसाईको भन्दै पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मिश्रविरुद्ध हाले मुद्दा
आफुलाई फसाईको भन्दै पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मिश्रविरुद्ध हाले मुद्दा
नेपाल–बेलायत द्विपक्षीय परामर्श संयन्त्रको बैठक सम्पन्न
नेपाल–बेलायत द्विपक्षीय परामर्श संयन्त्रको बैठक सम्पन्न
सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने
सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने
लकडाउन खुलेमा हामीले गर्नु पर्ने होसियारी र पूर्वतयारी
लकडाउन खुलेमा हामीले गर्नु पर्ने होसियारी र पूर्वतयारी
प्रधानमन्त्री ओलीद्वारा महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्घाटन
प्रधानमन्त्री ओलीद्वारा महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्घाटन
आज गाइजात्रा
केन्द्रदेखि प्रदेशसम्म सत्ता गुमाउँदै माओवादी,मुख्यमन्त्रीका लागि नेताहरुको दौडधुप
केन्द्रदेखि प्रदेशसम्म सत्ता गुमाउँदै माओवादी,मुख्यमन्त्रीका लागि नेताहरुको दौडधुप
काँग्रेस कार्यकर्तामाथि आक्रमण
काँग्रेस कार्यकर्तामाथि आक्रमण