सवारी दुर्घटनामा मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ९, २०७४
|
|
३१ पटक हेरिएको
Shares
सवारी दुर्घटनामा मृत्यु

सारांश

  • काठमाडौं, ९ असोज काठमाडौं ः महानगरपालिका–१६ बन्सथलीमा ना.
  • ५ ख ६६२६ नम्बरको बसले बा.
  • ७२ प ७८६६ नम्बरको मोटरसाईकलाई ठक्कर दिंदा मोटरसाइकल पछाडि सवार काठमाडौं महानगरपलिका–१६ बोहोराटार बस्ने २५ वर्षीया  प्रमिला बलामी गम्भीर घाईते भएकीले उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लैजाने क्रममा आइतबार  बाटोमै मृत्यु भएको छ ।

काठमाडौं, ९ असोज
काठमाडौं ः महानगरपालिका–१६ बन्सथलीमा ना.५ ख ६६२६ नम्बरको बसले बा.७२ प ७८६६ नम्बरको मोटरसाईकलाई ठक्कर दिंदा मोटरसाइकल पछाडि सवार काठमाडौं महानगरपलिका–१६ बोहोराटार बस्ने २५ वर्षीया  प्रमिला बलामी गम्भीर घाईते भएकीले उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लैजाने क्रममा आइतबार  बाटोमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ ः उर्लाबारी नगरपालिका– ९ गुरुङ टोलस्थित सडकमा को.१८ प ५३२६ नम्बरको मोटरसाइकल  अनियन्त्रित भई दुर्घटना हुँदा चालक रतुवामाई नगरपालिका–३ बस्ने ३९ वर्षीय थिरप्रसाद सिग्देल गम्भीर घाईते भएकाले अरनिको अस्पताल उर्लाबारी पठाइएकोमा उपचारको क्रममा आइतबार मृत्यु भएको छ ।
नवलपरासी ः मध्यबिन्दु–१५ चोरमारास्थित अरुणखोलाको जङगलमा लु.१३ प २५९६ नम्बरको मोटरसाइकललाई ना.२ ख ८०२९ नम्बरको ट्रकले ठक्कर दिदां मोटरसाइकल चालक मध्यबिन्दु नगरपालिका–१० बस्ने २६ वर्षीय लक्ष्मण कुमाल गम्भीर घाईते भएकाले पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएकोमा उपचारको क्रममा आइतबार मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली ः जानकी गाउँपालिका–१ तोरैयापुरस्थित लम्की टिकापुर सडकमा से.१ त ४१८६ नम्बरको ट्याक्टरमा सवार लम्कीचुहा नगरपालिका–४ बस्ने २८ वर्षीय मिनबहादुर चौधरी ट्याक्टरबाट खस्दा गम्भीर घाईते भएकाले स्थानिय अस्पताल हुँंदै थप उपचारको लागि मेडिकल कलेज नेपालगंज पठाईएकोमा उपचारको क्रममा सोमबार मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाही ः लालबन्दी नगरपालिका–१ गोरुबजारस्थित पुर्वपश्चिम राजमार्गमा ना.७ ख १०५४ नम्बरको बसले सोही ठाउँ बस्ने पैदलयात्री २८ वर्षीय महेशकुमार महतोलाई सोमबार ठक्कर दिंँदा घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भक्तपुर ः भक्तपुर नगरपालिका–१० वन्टीस्थित सडकमा आइतबार बा.३७ प २३०२ नम्बरको मोटरसाइकल रोकी राखेको ना.२ च २७४४ नम्बरको  टाटा मोबाईलमा ठोक्किएर अनियन्त्रित हुँदा सो मोटरसाइकल बा.७८ प २२६४ नम्बरको स्कुटरमा समेत ठोक्किन गई ३ जना व्यक्तिहरु घाईते भएकाले उपचारको लागि भक्तपुर अस्पताल लगिएकोमा मोटरसाइकल चालक भक्तपुर नगरपालिका–१० भोलाछे बस्ने १९ वर्षीय सर्जन सैजुको उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल पछाडि सवार भक्तपुर नगरपालिका–८ लिवाली बस्ने १७ वर्षीय सबिन फसिकवा र स्कुटर पछाडि सवार भक्तपुर नगरपालिका–६ भोलाछे बस्ने १९ वर्षीया टिना जतिको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । तीन वटै सवारी साधन र टाटा मोबाईल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा स्थानिय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?