उत्तर प्रदेशका मुख्यमन्त्री योगी जन्ती लिएर जनकपुर आउने

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २, २०७५
|
|
१७ पटक हेरिएको
Shares
उत्तर प्रदेशका मुख्यमन्त्री योगी जन्ती लिएर जनकपुर आउने

सारांश

  • काठमाडौं ।
  • जनकपुरमा हुने रामजानकी विवाह पन्चमीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भनिएको कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने भएका छन् ।
  • मंसिर २६ मा हुने हुने विवाह पञ्चमीमा योगी आउने भएपछि उनको भ्रमणका लागि प्रदेश २ को सरकारले तयारी थालेको छ ।

काठमाडौं । जनकपुरमा हुने रामजानकी विवाह पन्चमीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भनिएको कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने भएका छन् ।

मंसिर २६ मा हुने हुने विवाह पञ्चमीमा योगी आउने भएपछि उनको भ्रमणका लागि प्रदेश २ को सरकारले तयारी थालेको छ ।

विवाहपञ्चमीमा जन्ती बनेर जनकपुरधाम आउन लागेका मुख्यमन्त्री योगीको स्वागत गर्न प्रदेश सरकार तयारीमा जुटेको बताइएको छ ।

भारतीय सत्तारुढ दल भाजपाका हिन्दूवादी नेता भनेर चिनिने मुख्यमन्त्री योगीका लागि सुरक्षामा ५ हजार प्रहरी खटाइने बताइएको छ ।

केही दिनअघि नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी जनकपुर पुगेर मुख्यमन्त्री लालबाबु राउतलगायतसँग छलफल गरेका थिए ।

योगी आउने रुट तथा थप सुरक्षाका रणनीति तयार गरिने बताइएको छ । सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन प्रदेश सरकारले तयारी थालेको बताइएको छ । भारतको अयोध्याबाट जन्ती लिएर जनकपुरधाम आउन लागेको अभिव्यक्तिसमेत दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?