समसामयिक विषयमा सरकारको ध्यानाकर्षण !

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २८, २०७५
|
|
३८ पटक हेरिएको
Shares
समसामयिक विषयमा सरकारको ध्यानाकर्षण !

सारांश

  • काठमाडौँ, २८ साउन।
  • प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्नु हुने सांसदहरुले समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
  • बैठकमा सांसद हृदयेश त्रिपाठीले नवलपरासीका उखु किसानले लामो समयदेखि चिनी मिलबाट भुक्तानी नपाएको हुँदा रकम भुक्तानीको व्यवस्था गर्न सरकारसँग आग्रह गरे ।

काठमाडौँ, २८ साउन। प्रतिनिधिसभाको आजको विशेष समयमा बोल्नु हुने सांसदहरुले समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसद हृदयेश त्रिपाठीले नवलपरासीका उखु किसानले लामो समयदेखि चिनी मिलबाट भुक्तानी नपाएको हुँदा रकम भुक्तानीको व्यवस्था गर्न सरकारसँग आग्रह गरे । सांसद अनिलकुमार झाले बाग्मती नदीको बाढीले रौतहटमा धेरै खेतीयोग्य जमीन कटान भएको हुँदा तत्काल तटबन्धको व्यवस्था गर्न माग गरे । अर्का सांसद अफताव आलमले राज्यले कुनै समुदाय, जातजाति र भूगोलको हिसाबले विभेद गर्न नहुने धारणा व्यक्त गरे । सांसद राजेन्द्र लिङ्देनले जनतालाई हरेक क्षेत्रमा करको भार थोपरेर सरकारले के गर्न खोजेको भनी प्रश्न गरे ।

सांसद पवित्रा निरौलाले झापाको अर्जुनधारामा १३ वर्षीया बालिका बलात्कृत भएको घटनाका बारेमा अवगत गराउँदै पीडकलाई कठोर कानून बनाएर भए पनि कडा कारवाही गर्न माग गरे । सांसद महेन्द्र राय यादवले वर्षेनी पहाडमा पहिरो र मधेशमा डुबानको समस्या दोहोरिने गरेको भन्दै समयमै चुरे संरक्षण नगरी मधेशमा कृषियोग्य जमीन नष्ट हुँदै जाने बताए । सांसद सञ्जयकुमारले गौतम सुन तस्करी छानबिन घटनाका बारेमा जानकारी माग गरे । सांसद मोहन बाँनियाले ग्रामीण क्षेत्रका जनतालाई स्वच्छ खानेपानीमा सहयोग गर्दै आएको ग्रामीण खानेपानी आयोजना खारेज गरेकोप्रति आपत्ति जनाए ।

सांसद डीला सङ्ग्रौलाले तीन तहका सरकारले अनियन्त्रित रुपमा कर लगाएको आरोप लगाउँदै किसानका माग प्राथमिकतामा राखेर सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । अर्का सांसद गोपालबहादुर बमले मुगुमा रहेको रारा विमानस्थलको ढल निकास नभएका कारण रारा ताल प्रदूषण हुँदै गएको र नजिकको वस्तीका कृषि जमीनमा समेत क्षति पु¥याएको बताए ।

सांसद सानु शिवाले दलित विकास समिति विघटन गर्ने भन्ने समाचारप्रति आपत्ति प्रकट गर्दै विघटन नगर्न सरकारको ध्यानाकर्षण गराए । सांसद हिरादेवी जैरुले सरकारको पछिल्लो निर्णयले दलित समुदायलाई शिक्षामा सहयोग गर्दै आएका संस्था र समिति विघटन भएको भन्ने समाचारप्रति ध्यानाकर्षण गराउँदै यसले दलित समुदायको अधिकार कटौती हुने विचार व्यक्त गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“mostbet Kz Онлайн Казино Ресми Сайты Слоттар + 250 Fs Мостбет Кз Официальный Сай
कास्कीमा ११ बजेसम्म १५ प्रतिशत मत खस्यो
कास्कीमा ११ बजेसम्म १५ प्रतिशत मत खस्यो
भरतपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि ११६ जना अन्यत्र स्थानान्तरण
भरतपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि ११६ जना अन्यत्र स्थानान्तरण
बिहानैदेखि देशका अधिकांश भू-भागमा वर्षा, अझै केही दिन झरीको सम्भावना
बिहानैदेखि देशका अधिकांश भू-भागमा वर्षा, अझै केही दिन झरीको सम्भावना
गर्धन थाप्छु, तर ‘मदन भण्डारी’ रंगशाला बन्न दिन्न: विश्वप्रकाश शर्मा
गर्धन थाप्छु, तर ‘मदन भण्डारी’ रंगशाला बन्न दिन्न: विश्वप्रकाश शर्मा
विप्लव समूहलाई प्रतिबन्ध लगाएकाे पत्रपत्रिकाबाट थाहा पाएँ : नेपाल
विप्लव समूहलाई प्रतिबन्ध लगाएकाे पत्रपत्रिकाबाट थाहा पाएँ : नेपाल
यी दुइ दलले पाउने भए राष्ट्रिय दलको सुविधा
यी दुइ दलले पाउने भए राष्ट्रिय दलको सुविधा
मेयर बालेन र सुधनविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी  
मेयर बालेन र सुधनविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी  
गर्भवती र सुत्केरीको निःशुल्क वीमा
गर्भवती र सुत्केरीको निःशुल्क वीमा
जलविद्युत् कम्पनीले सर्वसाधारणलाई पहिल्यै साधारण शेयर दिन सक्ने
जलविद्युत् कम्पनीले सर्वसाधारणलाई पहिल्यै साधारण शेयर दिन सक्ने