समाजमा विवाहको मान्यता सकिंदैछ :सलमान खान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २१, २०७६
|
|
२० पटक हेरिएको
Shares
समाजमा विवाहको मान्यता सकिंदैछ :सलमान खान

सारांश

  • एजेन्सी।
  • बलिउड स्टार सलमान खानको विवाह सबैको चासोको विषय बन्ने गरेको छ ।
  • हरेकजसो उनलाई लिइने अन्तर्वार्तामा उनको विवाह योजनालाई लिएर प्रश्न गर्ने गरिन्छ ।

एजेन्सी। बलिउड स्टार सलमान खानको विवाह सबैको चासोको विषय बन्ने गरेको छ । हरेकजसो उनलाई लिइने अन्तर्वार्तामा उनको विवाह योजनालाई लिएर प्रश्न गर्ने गरिन्छ ।तर हालै सलमानले दिएको एक अन्तर्वार्ताले भने (‘आम दर्शकको यो चासोलाई निराशामा परिणत गरिदिनेछ ।सलमानले हालै टाइम्स अफ इन्डियालाई दिएको एक अन्तर्वार्तामा उनले विवाह भन्ने शब्दमाथि विश्वास नलाग्ने बताएका छन् ।उनका अनुसार विवाह सकिँदै गएको एक परम्परा हो ।सरमानले आफुलाई विवाहको चाहना र चासो नलाग्ने गरेको बताए ।

वैवाहिक सम्वन्धमा विश्वास नभएकै कारण अचेल मित्रताको सम्वन्धमा समेत शंका लाग्ने गरेको उनले बताए । अर्को एक प्रसंगमा सरमानले आफुलाई वैवाहिक सम्वन्धमा चासो नभएपनि बच्चा सारै मनपर्नेु बताएका छन् ।उनले यसअगाडि पनि एक अन्तर्वार्तामा भनेका थिए ‘कि मलाई बच्चा मन पर्छ तर जरुरी छैन उसको आमा मेरो श्रीमती हुन पर्छ ।’खवर अनुसार सेरोगेसी अर्थात कोख भाडामा लिएर सलमानले बच्चा अपनाउँदैछन् ।जुन भारतमा बैध मानिन्छ ।

प्रेमिका ऐश्वर्या राय र कैट्रिना कैफसँगको सम्वन्ध टुटेपछि एक्लो रहेका सलमानले भाई अरबाज खान र बुहारी मलाइका अरोराको विवाह र सम्वन्ध बिछोड र त्यसपछि उत्पन्न विवादलाई नजिकबाट नियालेका कारण पनि विवाहलाई लिएर बितृष्णा जागेको हुनसक्ने भारतिय सञ्चार माध्यमले अनुमान गरेको छ ।यतिखेर सलमान अली अब्बास जफरको निर्देशनमा बनेको फिल्म ‘भारत’को प्रचारप्रसारमा जोडतोडका साथ लागिपरेका छन् ।फिल्म ५ जुन बाट रिलिज हुँदैछ ।फिल्ममा उनको अपोजिटमा कैट्रिना कैफ रहेकी छिन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?