समाजवादी मोर्चाको सन्देश सभा आज हेटौंडामा

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०८०
|
|
१४ पटक हेरिएको
Shares
समाजवादी मोर्चाको सन्देश सभा आज हेटौंडामा

सारांश

  • मकवानपुर।
  • समाजवादी मोर्चाले बागमती प्रदेश स्तरीय सन्देश सभा आज मकवानपुरको हेटौंडामा गर्ने भएको छ।
  • शनिबार यहाँ पत्रकार सम्मेलनमार्फत समाजवादी मोर्चामा आबद्ध दलहरुले उक्त सन्देश सभाबारे जानकारी गराएका हुन्।

मकवानपुर। समाजवादी मोर्चाले बागमती प्रदेश स्तरीय सन्देश सभा आज मकवानपुरको हेटौंडामा गर्ने भएको छ। शनिबार यहाँ पत्रकार सम्मेलनमार्फत समाजवादी मोर्चामा आबद्ध दलहरुले उक्त सन्देश सभाबारे जानकारी गराएका हुन्।

सातै प्रदेशमा सन्देश सभाको कार्यक्रम तय भएको र सोही अनुसार बागमती प्रदेशको हेटौंडामा सभा हुने नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश अध्यक्ष सावित्रा भुसालले जानकारी दिइन्। आजै समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको घोषणा गर्नेसमेत तयारी छ।

आज आयोजना गर्न लागिएको भेलालाई प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले समाजवादी मोर्चाको अवधारणाबारे कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको प्रदेश अध्यक्ष भुसालले बताइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?