समाजसेवी वैद्यद्वारा सरस्वतीको मूर्ति हस्तान्तरण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २४, २०७५
|
|
४६ पटक हेरिएको
Shares
समाजसेवी वैद्यद्वारा सरस्वतीको मूर्ति हस्तान्तरण

सारांश

  • काठमाडौँ, २४ साउन ।
  • समाजसेवी जगदीश वैद्य र राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक ओपेन्द्र शर्माले संयुक्त रुपमा पूर्वाञ्चल  विश्वविद्यालयका उपकुलपति प्रा डा घनश्यामलाल दासलाई सरस्वतीको मूर्ति हस्तान्तरण गरेका छन् ।
  • भारतको भोपालमा निर्मित उच्चस्तरको सिंहमर्मरबाट बनेको सो मूर्ति करीब ५५५ किलोको छ ।

काठमाडौँ, २४ साउन । समाजसेवी जगदीश वैद्य र राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक ओपेन्द्र शर्माले संयुक्त रुपमा पूर्वाञ्चल  विश्वविद्यालयका उपकुलपति प्रा डा घनश्यामलाल दासलाई सरस्वतीको मूर्ति हस्तान्तरण गरेका छन् । भारतको भोपालमा निर्मित उच्चस्तरको सिंहमर्मरबाट बनेको सो मूर्ति करीब ५५५ किलोको छ । उक्त मूर्ति रु पाँच लाख ५० हजार लागतमा निर्माण गरिएको विशिष्ट राष्ट्रिय समाजसेवी वैद्यले जानकारी दिए ।

ललितपुर महानगरपालिका–१५ ताल्छिखेल निवासी उनले नेपाल संस्कृत विश्वविद्यालय दाङ र नेपाल प्रज्ञा–प्रतिष्ठान काठमाडौँमा सरस्वतीको मूर्ति र अधिकारी बन्धुको कुलदेवताको मन्दिर लमजुङमा बिन्ध्यवासिनीको मूर्ति हस्तान्तरण गरिसकेका छन् । सरस्वतीका थप १०० मूर्ति हस्तान्तरणका क्रममा रहेको उनको भनाइ छ । ती मूर्ति विश्वविद्यालय तथा कलेजलाई हस्तान्तरण गरिने उनले जानकारी दिए ।

समाजसेवी वैद्यले प्राकृतिक प्रकोपबाट पीडित तथा प्रभावित, असहाय, अपाङ्गता भएकमा र पिछडिएका समुदायका व्यक्तिलाई पनि नगद, खाद्यान्न, लत्ताकपडालगायत सहयोग गर्दै आएका छन् । विसं २०३५ को हरिबोधनी एकादशीदेखि वाग्मती सफाइमार्फत समाजसेवा शुरु गर्नुभएका वैद्यले विभिन्न सङ्घसंस्थालाई पनि सहयोग गर्दै आएका छन् । उनले ११ वृद्धाश्रम, १३ बालआश्रम र ७३ वेदविद्याश्रमलाई खाद्यान्न तथा लत्ताकपडासमेत उपलब्ध गराएका छन् ।

सरकारले २०५० सालको दैवीप्रकोपमा उद्धार तथा राहत सहयोग गर्दा तत्कालीन सरकारको कोषमा कूल राहतको ६० प्रतिशत राहत योगदान गरेकाले उनलाई विशिष्ट श्रेणीको राष्ट्रिय समाजसेवीको उपाधि प्रदान गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?