बम पड्काउने सूचना अघि नै प्रहरीलाई आएको रहेछ !

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १२, २०७५
|
|
२० पटक हेरिएको
Shares
बम पड्काउने सूचना अघि नै प्रहरीलाई आएको रहेछ !

सारांश

  • काठमाडौं ।
  • एकसाता अघि नै देशभरि बम पड्काउने भन्ने सूचना प्रहरीको युनिटलाई आएको रहेछ ।
  • बम विस्फोट गराइँदैछ भन्ने सूचनालाई प्रहरीले गम्भीरतापूर्वक नलिँदा सर्वसाधारणको ज्यान गयो ।

काठमाडौं । एकसाता अघि नै देशभरि बम पड्काउने भन्ने सूचना प्रहरीको युनिटलाई आएको रहेछ । बम विस्फोट गराइँदैछ भन्ने सूचनालाई प्रहरीले गम्भीरतापूर्वक नलिँदा सर्वसाधारणको ज्यान गयो ।

सूचना आएको भोलिपल्ट प्रहरीले दिनभरि खोजेको थियो तर कुनै बम फेला पार्न सकेन । तर, शुक्रबार साँझ ललितपुरस्थित एनसेल टावरमा बम विस्फोट हुँदा एकजना सर्वसाधारणको ज्यान गयो । बम कसले विस्फोट गराएको भन्ने अझै पत्ता लागेको छैन । प्रहरी लगायत सर्वसाधारणको आशंका नेत्रविक्रम चन्द विप्लपको नेकपाले गरेको आशंका गरिएको छ ।

विप्लव नेतृत्वको नेकपाले विस्फोट गराएर आतंक मच्याउँदैछन् भन्ने सूचना प्रहरी प्रधान कार्यालयको एउटा युनिटलाई सूचना आएको रहेछ । काठमाडौंको कमलादीमा भेटिएको बम नेपाली सेनाको टोलीले निस्क्रिय बनाएको थियो।

आशंका अनुसार विप्लव समुहले चन्दा नदिएको निहुँमा एनसेल ताकेर कुकर बम पड्काउँदा सिंगापुर आर्मीबाट अवकाश पाएका सिमबहादुर गुरुङको अकालमा ज्यान गएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?