अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सदस्य बन्यो नेपाल

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २६, २०८१
|
|
३५ पटक हेरिएको
Shares
अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सदस्य बन्यो नेपाल

सारांश

  • काठमाडौं।
  • नेपाल अन्तराष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को १०१ औं सदस्य राष्ट्र बनेको छ।
  • सोमबार दिल्लीमा आयोजित एक कार्यक्रममा नेपाललाई सदस्यता हस्तान्तरण गरिएको हो ।

काठमाडौं। नेपाल अन्तराष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को १०१ औं सदस्य राष्ट्र बनेको छ। सोमबार दिल्लीमा आयोजित एक कार्यक्रममा नेपाललाई सदस्यता हस्तान्तरण गरिएको हो ।

यसअघि नेपालले गत जेठमा आईएसएको स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन गरेको थियो ।

ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तनको असर कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासका रुपमा आईएसए स्थापना भएको बताइएको छ ।

सन् २०१५ मा भारत र फ्रान्सले स्थापना गरेको हो । यो गठबन्धन सौर्य स्रोतमा धनी देशहरुको गठबन्धन हो । १४ धारामा समेटिएको यस सम्झौताको संग्रहकर्ता भारत हो ।

सम्झौताका पक्ष राष्ट्रले आईएसएमार्फत आफ्ना आवश्यकता अनुरुप सौर्य ऊर्जा उत्पादन सम्बन्धी कार्यक्रमहरुमा सहकार्य गर्ने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?