सरकारी अस्पतालमा अप्रेशनका लागि बर्षौ कुर्नुपर्ने !
सारांश
- रोग, पीडा र त्रास पालेर शल्यक्रिया अर्थात अप्रेशनका लागि पर्खनु पर्ने विरामीको संख्या नेपालमा कम छैन् ।
- त्यसमाथि बढ्दो उमेरका बालबालिकाले पनि अप्रेशनका लागि एक बर्षसम्म कुर्नु पर्दाको पीडा कस्तो होला ?
- तर, नेपालका सरकारी अस्पतालको नियति नै यही बनेको छ ।
रोग, पीडा र त्रास पालेर शल्यक्रिया अर्थात अप्रेशनका लागि पर्खनु पर्ने विरामीको संख्या नेपालमा कम छैन् । त्यसमाथि बढ्दो उमेरका बालबालिकाले पनि अप्रेशनका लागि एक बर्षसम्म कुर्नु पर्दाको पीडा कस्तो होला ? तर, नेपालका सरकारी अस्पतालको नियति नै यही बनेको छ । जसले सरकारी अस्पतालप्रति विरामीको विश्वास भत्किदै गएको छ ।
आफ्ना बालबालिका एक दिन बिरामी हुँदा पनि घरमा अभिभावकलाई कति तनाब हुन्छ भन्ने कुरा भोग्नेलाइ राम्रो संग थाहा छ । तर सोच्नु होस् त आफ्ना कलिला बालबालिकाको अप्रेशनको लागि अस्पतालमा एक बर्ष सम्म कुर्नु पर्दा ती अभिभावक र रोग पालेर बस्ने बालबालिकामा कस्तो असर पर्छ सहजै अनुमान लगाउन सकिन्छ । यही पर्खाइले दिक्क बनेका अविभावकहरुको पीडा कम दुःखदायी छैन ।
देशको केन्द्रीय बाल अस्पताल कान्ति बाल अस्पतालमा बढ्दो उमेरका १ बर्षदेखि १५ बर्षसम्मका बालबालिकाहरु ६ महिना देखि १ बर्षसम्म अप्रेशनको लागि कुरिरहेको सूची छ ।
त्यसो त जनशक्ति पूर्वाधार र प्रोत्साहन भत्ता दिने हो भने अस्पतालमा दिनहुँ दुई सिफ्टमा अप्रेशन गर्न सकिने कान्ति अस्पतालका निर्देशक डा गणेश राई बताउनु हुन्छ ।
हाल कान्ति अस्पतालमा अप्रेशन गर्ने चिकित्सकहरु मात्र सात जना छन भने एक जना लामो समय देखि बिदामा छन् । यसरी दैनिक ८ सय बिरामी आउने अस्पतालमा यति कम शल्य चिकित्सक हुनु आफैमा दुःखद पक्ष हो । त्यसो त बिरामी सबै संवेदनशील हुन् तर बालबालिकाले समेत १ बर्षसम्म अप्रेशनका लागि कुर्नु पर्ने अवस्थाप्रति भने सरकार संवेदनशील बन्न आवश्यक छ ।
प्रतिक्रिया