महोत्तरीमा राजपा पहिलो, एमाले निल

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ८, २०७४
|
|
२५ पटक हेरिएको
Shares
महोत्तरीमा राजपा पहिलो, एमाले निल

सारांश

  • महोत्तरी, असोज ८ – महोत्तरीका सबै स्थानीय तहको नतिजा आएको छ ।
  • पाँच गाउँपालिका र १० नगरपालिका गरी १५ स्थानीय तह रहेको महोत्तरीमा सात तहमा जितेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) पहिलो पार्टी बनेको छ ।
  • महोत्तरीमा माओवादी केन्द्रले चार, कांग्रेसले तीन तथा संघीय समाजवादी फोरम नेपालले एक स्थानीय तहको प्रमुखमा जितेको छ ।

महोत्तरी, असोज ८ – महोत्तरीका सबै स्थानीय तहको नतिजा आएको छ । पाँच गाउँपालिका र १० नगरपालिका गरी १५ स्थानीय तह रहेको महोत्तरीमा सात तहमा जितेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) पहिलो पार्टी बनेको छ । महोत्तरीमा माओवादी केन्द्रले चार, कांग्रेसले तीन तथा संघीय समाजवादी फोरम नेपालले एक स्थानीय तहको प्रमुखमा जितेको छ । एमालेले भने महोत्तरीका कुनै पनि स्थानीय तहमा प्रमुख पद जित्न सकेन ।

महोत्तरी

जम्मा स्थानीय तहः १५
नगरपालिकाः १०
गाउँपालिकाः ५
नतिजाः १५

कसले कहाँ जिते ?

राजपा
१) महोत्तरीको जलेश्वर नगरपालिका – रामशंकर मिश्र
२) महोत्तरीको एकडारा गाउँपालिका – रामछविला साह
३) महोत्तरीको भँगाहा नगरपालिका – संजिवकुमार साह
४) महोत्तरीको मटिहानी नगरपालिका–हरिप्रसाद मण्डल
५) महोत्तरीको महोत्तरी गाउँपालिका – सुनिल राय
६) महोत्तरीको पिपरा गाउँपालिका–विनोद चौधरी
७) महोत्तरीको मनरा सिस्वा नगरपालिका–सञ्जय सिंह

माओवादी केन्द्र
१) महोत्तरीको बर्दिबास नगरपालिका–विदुर कार्की
२) महोत्तरीको सम्सी गाउँपालिका – फारुक शेख
३) महोत्तरी गौशाला नगरपालिका–शिवनाथ महतो
४) महोत्तरीको रामगोपालपुर नगरपालिका–अशोक मण्डल

नेपाली कांग्रेस
१) महोत्तरीको औरही नगरपालिका–सुनिलकुमार यादव
२) महोत्तरीको लोहारपट्टी नगरपालिका–शैलेन्द्र यादव
३) महोत्तरीको वलवा नगरपालिका–विनोद कुमार यादव

संघीय समाजवादी फोरम नेपाल
१) महोत्तरीको सोनमा गाउँपालिका–राजकुमार यादव

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?