वीरगञ्जमा चलचित्र महोत्सव बिहीबारदेखि

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २०, २०७६
|
|
३२ पटक हेरिएको
Shares
वीरगञ्जमा चलचित्र महोत्सव बिहीबारदेखि

सारांश

  • ‘तराई, पहाड, हिमालको उत्सव नेपाली चलचित्रको स्वर्णिम महोत्सव’ भन्ने मूलनाराका साथ बिहीबारदेखि यहाँ शुरु हुने तीनदिने नेपाली चलचित्र महोत्सव आकर्षणको विषय बन्दै गएको छ ।
  • नेपाल चलचित्र निर्माता सङ्घले चलचित्र महोत्सवको ५३औँ वर्ष पूरा भएको उपलक्ष्यमा सो महोत्सव आयोजना गर्न लागेको हो ।
  • महोत्सवमा नेपाली भाषामा बनाइएका लोकप्रिय चलचित्र, नेपालमै निर्माण गरिएका भोजपुरी भाषाका चलचित्र गरी छ चलचित्र प्रदर्शन गरिने आयोजक समितिका संयोजक विमल पौडेलले राससलाई जानकारी दिनुभयो ।

‘तराई, पहाड, हिमालको उत्सव नेपाली चलचित्रको स्वर्णिम महोत्सव’ भन्ने मूलनाराका साथ बिहीबारदेखि यहाँ शुरु हुने तीनदिने नेपाली चलचित्र महोत्सव आकर्षणको विषय बन्दै गएको छ ।
नेपाल चलचित्र निर्माता सङ्घले चलचित्र महोत्सवको ५३औँ वर्ष पूरा भएको उपलक्ष्यमा सो महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवमा नेपाली भाषामा बनाइएका लोकप्रिय चलचित्र, नेपालमै निर्माण गरिएका भोजपुरी भाषाका चलचित्र गरी छ चलचित्र प्रदर्शन गरिने आयोजक समितिका संयोजक विमल पौडेलले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो महोत्सवले तराई–मधेशमा लुकेर बसेका पात्रलाई मूलधारमा ल्याउने छ ।”

नेपाली भाषी चलचित्रले तराई–मधेशमा वर्चस्व कायम राख्न नसकेको अवस्थामा दर्शकलाई चलचित्रभित्रका सांस्कृतिक पक्षबारे जानकारी गराउन महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्नेे प्रचारप्रसार समितिका संयोजक दिलीपराज कार्कीले बताउनुभयो । उपत्यका बाहिर पहिलो पटक यस आर्थिक नगरमा हुन लागेको महोत्सवले स्थानीय कला, संस्कृति र भाषाको विकासमा टेवा पुग्नाका साथै भारतीय लोकप्रिय कलाकार गोविन्दासमेत सहभागी हुने भएकाले पनि यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले गर्नुभयो ।

महोत्सवमा नेपाली चलचित्रका पुराना हस्ती शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, नीर शाह, करिश्मा मानन्धर, गौरी मल्ल, निरुता सिंहदेखि नयाँ पुस्ताका अनमोल केसी, प्रदीप खड्का, पल शाह, केकी अधिकारी, साम्राज्ञीराज्यलक्ष्मी शाहलगायत नेपाली चलचित्रसँग जोडिएका अन्य विधाका हस्तीको पनि सहभागिता हुने उपसंयोजक हरि पन्तले बताउनुभयो । स्थानीय प्रसाशनले महोत्सवमा सहभागी हुन आउने नेपाल तथा भारतका कलाकारको सुरक्षाको व्यवस्था गरेको छ। एक रु करोड २० लाख खर्च हुने अनुमान गरिएको सो महोत्सवका लागि प्रदेश नं २ को सरकारले रु १० लाख, वीरगञ्ज महानगरपालिकाले रू १५ लाख र प्रादेशीक पर्यटन प्रवद्र्धन समितिलेसमेत केही रकम उपलब्ध गराएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उदयपुरमा २ जना माथि करणी सम्बन्धि अनुसन्धान
उदयपुरमा २ जना माथि करणी सम्बन्धि अनुसन्धान
वडाध्यक्षले जंगलमा बलात्कार गरेपछि…
लाइनमै बसेर भोट हालेका महासिचव पोखरेलको उद्घोष– जनताले वामगठबन्धनलाई नै बहुमत दिने छन्, स्थायी सरकार मार्फत् मुलुकले समृद्धि पाउने छ
लाइनमै बसेर भोट हालेका महासिचव पोखरेलको उद्घोष– जनताले वामगठबन्धनलाई नै बहुमत दिने छन्, स्थायी सरकार मार्फत् मुलुकले समृद्धि पाउने छ
एमाले-माओवादी संयुक्त बैठक ३ बजे, महत्वपूर्ण निर्णय हुँदै
एमाले-माओवादी संयुक्त बैठक ३ बजे, महत्वपूर्ण निर्णय हुँदै
युएइले ९ महिनाकी एक बालिकाको लागि देशको कानुन नै परिवर्तन गर्यो
युएइले ९ महिनाकी एक बालिकाको लागि देशको कानुन नै परिवर्तन गर्यो
मन्त्रीलाई लिएर जोरपाटी सडकमा पुगे माधव नेपाल, अनुगमन हल्ला नगरि गर्न स्थानियबासीकाे सुझाव
मन्त्रीलाई लिएर जोरपाटी सडकमा पुगे माधव नेपाल, अनुगमन हल्ला नगरि गर्न स्थानियबासीकाे सुझाव
एकैदिन नेपाल कम्युनिष्ट पार्टीका ११ कार्यकर्ता पक्राउ
एकैदिन नेपाल कम्युनिष्ट पार्टीका ११ कार्यकर्ता पक्राउ
महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
भिभोले ल्यायो  वाई३५ र वाई२२ , कति छ मूल्य ?
भिभोले ल्यायो वाई३५ र वाई२२ , कति छ मूल्य ?
वडाध्यक्षमा एमाले विजयी
वडाध्यक्षमा एमाले विजयी

तपाईंले छुटाउनुभयो कि?