सलह पक्रेर ल्याउनुस् किलोको २० रुपैयाँ लैजानुस्

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १३, २०७७
|
|
६० पटक हेरिएको
Shares
सलह पक्रेर ल्याउनुस् किलोको २० रुपैयाँ लैजानुस्

सारांश

  • नेपालमा सलह कीरा प्रवेश गरेसँगै यसबाट बालीनाली कसरी बचाउने भन्ने चिन्ता थपिएको छ ।
  • यसै चिन्ताकै बीच प्रदेश ५ सरकारले सलह किरा समातेर ल्याउनेलाई नगद दिने निर्णय गरेको छ ।
  • शनिबार प्रदेश ५ मा सलह कीरा देखिएपछि प्रदेश सरकारले एक किलोग्राम सलह ल्याउनेलाई २० रुपैयाँ दिने निर्णय गरेको छ ।

नेपालमा सलह कीरा प्रवेश गरेसँगै यसबाट बालीनाली कसरी बचाउने भन्ने चिन्ता थपिएको छ । यसै चिन्ताकै बीच प्रदेश ५ सरकारले सलह किरा समातेर ल्याउनेलाई नगद दिने निर्णय गरेको छ । शनिबार प्रदेश ५ मा सलह कीरा देखिएपछि प्रदेश सरकारले एक किलोग्राम सलह ल्याउनेलाई २० रुपैयाँ दिने निर्णय गरेको छ ।

सलहले पु¥याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २० रुपैयाँका दरले नगद दिन लागिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर वलीले बताए । सलह जम्मा गरेर ल्याउनेलाई वडा कार्यालयमै तत्कालै पैसा दिइने व्यवस्था मिलाइएको उनको भनाई छ ।

सलह दिउँसो उड्ने र साँझमा बास बस्ने गर्छ । त्यसैले बास बसेका बेला समातेर जम्मा गरे क्षति कम हुने आँकलन मन्त्रालयले गरेको छ । त्यसैले सलह समात्नेलाई प्रोत्साहन स्वरुप रकम लिन मन्त्रालयले आग्रह गरेको हो । मालाथिन र क्लोरपाइरिफोस विषादी पानीमा मिसाएर छर्केर पनि सलह नष्ट गर्न सकिने मन्त्रालयले जनाएको छ । ३ मिलिलिटर मालाथिनमा एक लिटर पानी र २ मिलिलिटर क्लोरपाइरिफोसमा एक लिटर पानी मिसाउन सकिने मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले धानको बीउलाई सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले ढाकेर राख्न पनि अनुरोध गरेको छ । करोडौको झुण्डमा हिड्ने सलहले एक रातमै ३५ हजारलाई पुग्ने बालीनाली नष्ट गर्ने अनुसन्धानले देखाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रम्पद्वारा कोरोनाभाइरससँग जुध्न ५० अर्ब डलरको आर्थिक राहतको घोषणा
ट्रम्पद्वारा कोरोनाभाइरससँग जुध्न ५० अर्ब डलरको आर्थिक राहतको घोषणा
नेताहरुले आचारसंहिता मिच्दै गरे स्वराजसँग साउती
नेताहरुले आचारसंहिता मिच्दै गरे स्वराजसँग साउती
भोलीदेखि देशैभर लक डाउन, घर बाहिर निस्किए कारवाही
भोलीदेखि देशैभर लक डाउन, घर बाहिर निस्किए कारवाही
म्याग्दीमा हिमाल चढ्न गएका ८ जनाको मृत्यु, मृत्यु भएकाको शव निकाल्ने प्रयास जारी
म्याग्दीमा हिमाल चढ्न गएका ८ जनाको मृत्यु, मृत्यु भएकाको शव निकाल्ने प्रयास जारी
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चाँडो टुङ्गोमा पुर्याइनेछ : प्रधानमन्त्री
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चाँडो टुङ्गोमा पुर्याइनेछ : प्रधानमन्त्री
वैदेशिक रोजगारीबाट फर्किएका लागि पुनः एकीकरण कार्यक्रमको सुरुआत
वैदेशिक रोजगारीबाट फर्किएका लागि पुनः एकीकरण कार्यक्रमको सुरुआत
पर्यटन दिवसको अवसरमा टानको आठ तालको प्रवद्र्धनमुलक कार्यक्रम
पर्यटन दिवसको अवसरमा टानको आठ तालको प्रवद्र्धनमुलक कार्यक्रम
काठमाडौंमा आज १००७ संक्रमित थपिए
काठमाडौंमा आज १००७ संक्रमित थपिए
कात्तिकदेखि काष्ठमण्डप पुनःनिर्माण हुने, रानीपाेखरीकाे टुङ्गाे दशैँअघि !
कात्तिकदेखि काष्ठमण्डप पुनःनिर्माण हुने, रानीपाेखरीकाे टुङ्गाे दशैँअघि !
बालश्रम र बालविवाहमुक्त बनाउन माग
बालश्रम र बालविवाहमुक्त बनाउन माग