आज पनि बढ्याे सुनकाे मूल्य

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १९, २०८०
|
|
२० पटक हेरिएको
Shares
आज पनि बढ्याे सुनकाे मूल्य

सारांश

  • नेपाली बजारमा आज पनि सुनकाे भाउ बढेर नयाँ उचाइ बनाएकाे छ ।
  • आज ताेलामा ८ सयले मूल्य बढेकाे हाे ।
  • सुन आज तोलाको एक लाख १३ हजार ३ सय रुपैयाँमा काराेबार भइरहेकाे छ।

नेपाली बजारमा आज पनि सुनकाे भाउ बढेर नयाँ उचाइ बनाएकाे छ । आज ताेलामा ८ सयले मूल्य बढेकाे हाे ।

सुन आज तोलाको एक लाख १३ हजार ३ सय रुपैयाँमा काराेबार भइरहेकाे छ। बिहीबार पनि तोलामा ५ सय रुपैयाँले बढेर एक लाख १२ हजार ५ सय रुपैयाँमा पुगेको थियो। आज तेजाबी सुन एक लाख १२ हजार ७ सय ५० रुपैयाँमा काराेबार भइरहेकाे छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदीको पनि भाउ बढेको छ। तोलामा २५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।

(https://hippainhelp.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?