अब मुलुक द्वन्द्वतिर जाने खतरा बढ्यो : युवक संघ

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०७४
|
|
१५ पटक हेरिएको
Shares
अब मुलुक द्वन्द्वतिर जाने खतरा बढ्यो : युवक संघ

सारांश

  • काठमाडौं, ३ माघ ।
  • नेपाल कम्युनिष्ट पार्टी (मसाल)को युवा संगठन अखिल नेपाल युवक संघले मुलुक अब द्वन्द्वतिर जाने खतरा बढेको जनाएको छ ।
  • महासचिव अनिलकिशोर घिमिरेद्वारा जारी प्रेस विज्ञप्तिमा केन्द्रीकृत र नोकरशाही प्रकारको शासनको अन्त्य गरी विकेन्द्रीयतासहितको एकात्मक शासन कायम गर्नुपर्र्नेमा राज्यको पुन संरचना गर्ने नाममा संघीय राज्यको निर्माण गर्ने कार्यले थप नयाँ विवादहरु सिर्जना भइरहेको विज्ञप्तिमा जनाइएको छ ।

काठमाडौं, ३ माघ । नेपाल कम्युनिष्ट पार्टी (मसाल)को युवा संगठन अखिल नेपाल युवक संघले मुलुक अब द्वन्द्वतिर जाने खतरा बढेको जनाएको छ । महासचिव अनिलकिशोर घिमिरेद्वारा जारी प्रेस विज्ञप्तिमा केन्द्रीकृत र नोकरशाही प्रकारको शासनको अन्त्य गरी विकेन्द्रीयतासहितको एकात्मक शासन कायम गर्नुपर्र्नेमा राज्यको पुन संरचना गर्ने नाममा संघीय राज्यको निर्माण गर्ने कार्यले थप नयाँ विवादहरु सिर्जना भइरहेको विज्ञप्तिमा जनाइएको छ ।

“अब मुलुकमा स्थानीय, केन्द्र तथा प्रदेशका राजधानी तय गर्ने, प्रशासनिक केन्द्र बनाउने, स्रोतसाधनको बाँडफाँड गर्ने विषयमा गम्भीर मतभेदहरु हुँदै गएर मुलक द्धन्दतर्फ जाने खतरा बढेको छ”, महासचिव घिमिरेले भनेका छन्, “यस्तो अवस्था निर्माण हुनुमा मुलत प्रतिक्रियावादी व्यवस्था जिम्मेवार रहेको र संघीयताको कारणले देशको राष्ट्रियता र अखण्डतालाई कमजोर बनाउँदै लगिएको छ ।”

चितवनको सौराहमा सम्पन्न संघको केन्द्रीय समितिको बैठकपछि जारी विज्ञप्तिमा युवाहरुको सशक्त आन्दोलनले संविधान निर्माण, गणतन्त्रको स्थापना, धर्मनिरपक्षेताको घोषणा लगायतका महत्वपूर्ण कामहरु भएको र स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन समेत सम्पन्न भई संविधान कार्यान्वयनको चरणमा मुलुक पुगेको उल्लेख छ । तर स्थानीय तहमा प्राविधिक जनशक्तिको अभाव, जनप्रतिनिधीहरुको विलासी प्रवृति, कर्मचारीहरुको दुर्नियत आदिका कारणले भ्रष्टाचार र अनियमितताहरु बढ्दै गएर जनआंकाक्षा अनुसार कार्य सम्पादन हुन नसकेको जनाइएको छ ।

बैठकले अखिल नेपाल युवक संघको सातौं राष्ट्रिय सम्मेलन पोखरामा २०७५ बैशाख २८, २९ र ३० गते तीनदिनसम्म गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, संगठनको ३७ औं स्थापना दिवसको सन्दर्भमा माघ २६ र २७ गते राष्ट्रिय परिषद्को तेस्रो बैठक बुटवलमा रक्तदान कार्यक्रमसहित सम्पन्न गर्ने निर्णय भएको बताइएको छ । बैठकले केन्द्रीय समितिको रिक्त महासचिव पदमा अनिलकिशोर घिमिरे र रिक्त केन्द्रीय सदस्यमा हुमलाल नेपाली (प्युठान) तथा रिक्त केन्द्रीय बैकल्पिक सदस्यमा धनिराम आचार्य (कैलाली), बालकृष्ण शर्मा (सुनसरी) र वीरेन्द्र हमाल (कञ्चनपुर)लाई पदपूर्ति गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?