सामाजिक सुरक्षा वितरण र नागरिकता किर्ते गरेको आरोपमा वडा अध्यक्ष कारागार चलान

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २५, २०७९
|
|
३५ पटक हेरिएको
Shares
सामाजिक सुरक्षा वितरण र नागरिकता किर्ते गरेको आरोपमा वडा अध्यक्ष कारागार चलान

सारांश

  • काठमाडौँ ।
  • सप्तरीको डाक्नेश्वरी नगरपालिका-२ का वडा अध्यक्ष रहमान मियाँ कारागार चलान भएका छन् ।
  • सामाजिक सुरक्षा वितरण र नागारिकता किर्ते गरेको आरोपमा पूर्पक्षका लागि अध्यक्ष मियाँलाई आइतबार कारागार चलान गरिएको हो ।

काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिका-२ का वडा अध्यक्ष रहमान मियाँ कारागार चलान भएका छन् । सामाजिक सुरक्षा वितरण र नागारिकता किर्ते गरेको आरोपमा पूर्पक्षका लागि अध्यक्ष मियाँलाई आइतबार कारागार चलान गरिएको हो ।

वडा अध्यक्ष मियाँको मिलोमतोमा २१ जनाले ८३ लाख ४१ हजार १ सय ८ रुपैया सामाजिक सुरक्षाभत्ता हिनामिना भएको आरोप छ ।

डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ बस्ने करिमान मियाँका वडा अध्यक्षसमेत रहेका ६३ वर्षीय छोरा रहमान मियाँसहित २१ जनाले मिलेमतो एक अर्कालाई फाइदा पुर्‍याउने उद्देश्यले राज्यकोषबाट लक्षित वर्गका लागि सुविधा पुर्‍याउने उद्देश्यले दिँदै आएको सामाजिक सुरक्षा भत्ता वितरणमा सरकारी कागज र छाप किर्ते गरेको प्रहरीले जनाएको छ ।

एउटै ब्यक्तिको नाममा दुई वटा नागरिकता प्रचलनमा ल्याई सामाजिक सुरक्षा भत्ता निकासा गरी सरकारी रकम ८३ लाख ४१ हजार १ सय आठ बराबरको रकम हिनामिना गरी सरकारी कागज किर्ते तथा नागरिकता किर्ते गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सरकारी कागत तथा नागारिकता किर्ते मुद्दामा फरार रहेका वडा अध्यक्ष मियाँलाई मिति २०७९ पुस २१ गतेका दिन जिल्ला सप्तरी राजबिराज नगरपालिका वडा नम्बर ८ स्थितमा घुमिर रहेको अवस्थामा प्रहरीले पक्राउ गरी सप्तरी जिल्ला अदालतमा उपस्थित गराई आइतबार पुर्पक्षको लागि कारागार चलान गरेको सप्तरीका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?