तिनाउ खोलामा अज्ञात शव भेटियो

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २८, २०७४
|
|
४२ पटक हेरिएको
Shares
तिनाउ खोलामा अज्ञात शव भेटियो

सारांश

  • बुटवल, २८ असार ।
  • पाल्पाको तिनाउ खोलामा सनाखत हुन नसकेको एक महिलाको शव भेटिएको छ ।
  • तिनाउ गाउँपालिका– ५ जोरधाराको नयाँ बजारस्थित खोलामा शव भेटिएको प्रहरीले जनाएको छ ।

बुटवल, २८ असार । पाल्पाको तिनाउ खोलामा सनाखत हुन नसकेको एक महिलाको शव भेटिएको छ । तिनाउ गाउँपालिका– ५ जोरधाराको नयाँ बजारस्थित खोलामा शव भेटिएको प्रहरीले जनाएको छ । तिनाउ खोलाले आइतबार जिपसहित चार यात्रुलाई खोलाले बगाएको थियो ।

प्रहरीका अनुसार जोरधारमा भेटिएको शव बेपतामध्येकै एक हुनुपर्ने अनुमान गरिएको छ । दुई महिला र दुई पुरुष तिनाउ खोलाको अम्लिहानमा बेपता भएका थिए । मङ्गलबार बिहान जिप भेटिए पनि अझै चारजना यात्रु मङ्गलबार साँझसम्म भेटिएका छैनन् ।

जोरधारको खोलामा भेटिएको शवको सनाखत हुनसकेको छैन । खोलामा भेटिएको शव ढुङ्गाको क्यापमा रहेकाले निकाल्न समस्या भएको प्रहरीले जानएको छ । प्रहरीले सोमबारदेखि नै तीन टोली चरचरे, झुम्सा र अमलेन क्षेत्रमा खोजीकार्य गरिरहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।

पाल्पा जिल्लाको माथागढी गाउँपालिका– ३ र तानसेन नगरपालिका– ९ स्थित अमलेनमा पुलबाट लु १ ज १७१२ नम्बरको जिप बाढीले बगाएको थियो । बेपता हुनेमा तानसेन नगरपालिका भुसलडाँडा बस्ने– २६ वर्षीय उषा श्रेष्ठ, माथागढी गाउँपालिका– १ का २३ वर्षीय तिलवीर गाहा, सोही स्थानका ४३ वर्षीय माया गाहा, बगनासकाली गाउँपालिकाका ४० वर्षीय पदमबहादुर कुँवरमगरलाई गतआइतबार तिनाउ खोलाले बगाएको थियो ।
आचार्य प्रदीप

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंकको लचकता: सेयर र ईभी कर्जामा सुविधा, राष्ट्रिय परिचयपत्रको नियममा व्यावहारिक संशोधन
अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंकको लचकता: सेयर र ईभी कर्जामा सुविधा, राष्ट्रिय परिचयपत्रको नियममा व्यावहारिक संशोधन
काँग्रेस र वाम गठबन्धनबीच नै प्रतिष्पर्धा
काँग्रेस र वाम गठबन्धनबीच नै प्रतिष्पर्धा
प्रहरीकोे गिरफ्तारीमै रहेका बेला लडेर शेर्पा कसरी घाइते भए ?
प्रहरीकोे गिरफ्तारीमै रहेका बेला लडेर शेर्पा कसरी घाइते भए ?
लघुजलविद्युतमा चट्याङको धक्का ‘म्याग्दीका ४०० घरधुरी अन्धकारमा, सञ्चार र पठनपाठन ठप्प’
लघुजलविद्युतमा चट्याङको धक्का ‘म्याग्दीका ४०० घरधुरी अन्धकारमा, सञ्चार र पठनपाठन ठप्प’
तपाइँका छोराछोरी एकान्तमा बस्न रुचाउँछन्? यस्तो रहेछ कारण…
तपाइँका छोराछोरी एकान्तमा बस्न रुचाउँछन्? यस्तो रहेछ कारण…
विद्यार्थीलाई आफु अध्ययनरत क्याम्पस तथा विभागमा तत्काल सम्पर्क राख्न त्रिविको आग्रह
विद्यार्थीलाई आफु अध्ययनरत क्याम्पस तथा विभागमा तत्काल सम्पर्क राख्न त्रिविको आग्रह
२०० शैयाको किड्नी अस्पताल बनाउने तयारीमा सुमेरु
२०० शैयाको किड्नी अस्पताल बनाउने तयारीमा सुमेरु
ओलीले केन्द्रीय कमिटीमा ५५६ थपे, पार्टीको नाम र चुनाव चिन्ह कब्जाको रणनीति
केपी ओलीको घरलाई लक्षित गरी बम विस्फोट
केपी ओलीको घरलाई लक्षित गरी बम विस्फोट
‘हरियाली अभियान’ शुरु
‘हरियाली अभियान’ शुरु

तपाईंले छुटाउनुभयो कि?