आँखामा गाडिएको हँसिया यसरी निकालियो

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
आँखामा गाडिएको हँसिया यसरी निकालियो

सारांश

  • झापा ।
  • घाँस काट्ने हँसियाको धारिलो टुप्पो आँखामा गाडिएर गम्भीर घाइते भएकी एक महिलाको सफल उपचार भएको छ ।
  • झापा दमककी ८ वर्षे अंशु गिरीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा सफल उपचार भएको हो ।

झापा । घाँस काट्ने हँसियाको धारिलो टुप्पो आँखामा गाडिएर गम्भीर घाइते भएकी एक महिलाको सफल उपचार भएको छ । झापा दमककी ८ वर्षे अंशु गिरीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा सफल उपचार भएको हो ।

दशैँ मनाउन शनिश्चरे मामाघर पुगेका बेला उनी रहरले साथीसँग घाँस काट्न गएकी थिइान । कात्तिक ५ गते घाँस काट्न जाँदा चिप्लिएर लड्दा उनको दाहिने आँखाको तल्लो भागमा हँसिया गाडिएको थियो ।

डेढ घण्टाभित्रै अस्पताल पुराइएकी बालिकाको जटिल शल्यक्रियापछि आँखा जोगाएर हँसिया निकालिएको उपचारमा सलग्न डा. धिरज गिरीले बताएका छन् ।

अलिकति तलमाथि भएको भए आँखा गुम्न सक्ने डाक्टरले बताएका छन् । चिकित्सक टोलीले अस्पतालमा भएका अत्याधुनिक उपकरण मार्फत उपचार गर्न सफल भएको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?