सिंगापुरविरुद्ध नेपालले पायो ६८ रनको लक्ष्य, पवनले लिए ६ विकेट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २९, २०७४
|
|
२७ पटक हेरिएको
Shares
सिंगापुरविरुद्ध नेपालले पायो ६८ रनको लक्ष्य, पवनले लिए ६ विकेट

सारांश

  • काठमाडौं ।
  • मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजनमा नेपालले सिंगापुरलाई २८.
  • ३ बलमा अलआउट गर्दै ६८ रनको लक्ष्य पाएको छ ।

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजनमा नेपालले सिंगापुरलाई २८.३ बलमा अलआउट गर्दै ६८ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २८.३ ओभरमा ६७ रन बनाउँदा सबै विकेट गुमायो ।

सिंगापुरका लागि सिद्धान्तले २० रन बनाए भने रोहन रंगाराजनले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । सिंगापुरलाई सस्तैमा समेट्न पवन सर्राफले ६ विकेट लिए । उनले ८ ओभर बलिङ गरे भने अन्य ओभरमा १२ रन खर्चिए ।

किशोर महतोले २ तथा सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए । नेपालले केही बेरमा जवाफी व्याटिंग गर्दैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?