हरेक दिन नेपाल विकासको तीव्र गतिमा : प्रम ओली

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १८, २०७५
|
|
४० पटक हेरिएको
Shares
हरेक दिन नेपाल विकासको तीव्र गतिमा : प्रम ओली

सारांश

  • दमक, १८ चैत  प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन नेपाल विकासको तीव्र गतिमा अघि बढेको बताउनुभएको छ ।
  • देशमा चौतर्फी विकास हुँदैआएको उल्लेख गर्दै उहाँले अब देशले छिट्टै समृद्धिको लक्ष्य हासिल गर्ने बताउनुभयो ।
  • झापाको दमक–७ स्थित पशुहाट क्षेत्रमा नवनिर्मित पशुपक्षी हाटबजारको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई आज सम्बोधन गर्नुहँुदै प्रधानमन्त्री ओलीले मुलुकलाई अब समृद्ध र समुन्नत बनाउने महाअभियानमा सबै जुट्नुपर्ने बताउनुभयो ।

दमक, १८ चैत  प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन नेपाल विकासको तीव्र गतिमा अघि बढेको बताउनुभएको छ । देशमा चौतर्फी विकास हुँदैआएको उल्लेख गर्दै उहाँले अब देशले छिट्टै समृद्धिको लक्ष्य हासिल गर्ने बताउनुभयो ।

झापाको दमक–७ स्थित पशुहाट क्षेत्रमा नवनिर्मित पशुपक्षी हाटबजारको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई आज सम्बोधन गर्नुहँुदै प्रधानमन्त्री ओलीले मुलुकलाई अब समृद्ध र समुन्नत बनाउने महाअभियानमा सबै जुट्नुपर्ने बताउनुभयो । देशको विकासमा कृषि क्षेत्रको भूमिका महत्वपूर्ण भएको बताउनुहँुदै उहाँले भन्नुभयो, “कृषि बजारलाई व्यवस्थित बनाउँदै यसको विकास गर्न वर्तमान सरकार प्रयत्नशील छ ।” देशको विकासमा सबैको सहभागिता भएमात्र देश विकासको प्रतिफल प्राप्त हुने उहाँको भनाइ थियो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले पशुपक्षी हाटबजारको प्रशासनिक भवन तथा बजारको समेत उद्घाटन गर्नुभएको थियो । पशुपक्षी हाटबजार नेपाल सरकार तथा विश्व बैंकको संयुक्त लगानीमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत कृषि तथा व्यापार आयोजना र नेपाल लाइफस्टक सेक्टर एनोभेसनको आयोजनामा निर्माण भएको हो ।

कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा युवकध्वज जिसीले पशुपक्षी हाटबजारबारे जानकारी सहितको स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले पशुपक्षी हाटबजारको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज बकर इद पर्व, प्रदेश १, २ र ५ मा सार्वजनिक विदा
आज बकर इद पर्व, प्रदेश १, २ र ५ मा सार्वजनिक विदा
बढी मोबाइल प्रयोगले ब्रेन ट्युमर
बढी मोबाइल प्रयोगले ब्रेन ट्युमर
एमाले पार्टी मुख्यालय सर्ने
एमाले पार्टी मुख्यालय सर्ने
गुल्मीमा एमालेका प्रदिप ज्ञवाली जितको नजिक
गुल्मीमा एमालेका प्रदिप ज्ञवाली जितको नजिक
राष्ट्रिय सभाको गठन नगरी चुनावी प्रक्रिया सकिदैन, राष्ट्रियसभाको चुनाव गराएर सरकार छाड्छाँै: बालकृष्ण खाँड
राष्ट्रिय सभाको गठन नगरी चुनावी प्रक्रिया सकिदैन, राष्ट्रियसभाको चुनाव गराएर सरकार छाड्छाँै: बालकृष्ण खाँड
राजनीतिक हस्तक्षेप रहँदासम्म विश्वविद्यालयमा सुधार हुँदैन : नेता कोइराला
राजनीतिक हस्तक्षेप रहँदासम्म विश्वविद्यालयमा सुधार हुँदैन : नेता कोइराला
निर्वाचनपिच्छे गाडी खरिद गर्दै आएको आयोगले यसपटक निर्वाचन आयुक्तलाई १५ करोडका गाडी…
निर्वाचनपिच्छे गाडी खरिद गर्दै आएको आयोगले यसपटक निर्वाचन आयुक्तलाई १५ करोडका गाडी…
लिवियाको राजधानी विद्रोहीले कब्जामा, नेपाली शान्ति सैनिक सुरक्षित
लिवियाको राजधानी विद्रोहीले कब्जामा, नेपाली शान्ति सैनिक सुरक्षित
प्रधानमन्त्री दाहाल राष्ट्र संघीय सभालाई सम्बोधन गर्न अमेरिका प्रस्थान गर्दै
प्रधानमन्त्री दाहाल राष्ट्र संघीय सभालाई सम्बोधन गर्न अमेरिका प्रस्थान गर्दै
ओली र प्रचण्डबीच फेरि मतभेद
ओली र प्रचण्डबीच फेरि मतभेद