जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन स् गृहमन्त्री

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २७, २०७६
|
|
३८ पटक हेरिएको
Shares
जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन स् गृहमन्त्री

सारांश

  • गृहमन्त्री रामबहादुर थापाले जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई नभएको बताउनुभएको छ ।
  • काठमाडौँमा आज भएको प्रहरी निरीक्षक आधारभूत तालीमको दीक्षान्त समारोहमा गृहमन्त्री थापाले प्रहरीलाई कर्तव्यपथबाट विचलिन नहुन आग्रह गर्नुभयो ।
  • उहाँले भन्नुभयो, “प्रहरीको सानो लापरबाही सिङ्गो सङगठन, सरकार र राष्ट्रका लागि प्रत्युत्पादक हुनसक्छ, राज्यले दिएको जिम्मेवारीबाट विमुख हुने अधिकार तपाइँहरुलाई छैन ।

गृहमन्त्री रामबहादुर थापाले जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई नभएको बताउनुभएको छ । काठमाडौँमा आज भएको प्रहरी निरीक्षक आधारभूत तालीमको दीक्षान्त समारोहमा गृहमन्त्री थापाले प्रहरीलाई कर्तव्यपथबाट विचलिन नहुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “प्रहरीको सानो लापरबाही सिङ्गो सङगठन, सरकार र राष्ट्रका लागि प्रत्युत्पादक हुनसक्छ, राज्यले दिएको जिम्मेवारीबाट विमुख हुने अधिकार तपाइँहरुलाई छैन ।” उहाँले सङ्गठनमाथिको विश्वासलाई थप सुदृढ बनाउन प्रहरीले व्यक्तिगत अफ्ठेरालाई थाँती राखेर कर्तव्यपालन गर्नुको अर्काे विकल्प नरहेको बताउनुभयो ।

गृहमन्त्री थापाले नेपाल प्रहरीको पहिलो प्राथमिकता लोकतान्त्रिक पद्धतिमा आएका सामाजिक असन्तुष्टि, प्रशासनिक अड्चन र राजनीतिक तथा व्यक्तिगत अधिकारका द्वन्द्वका बीचमा आफुलाई संयमित बनाई निष्पक्ष कार्यशैलीका साथ व्यावसायिक धर्म निर्वाह गर्नु हो, भन्नुभयो ।

उहाँले प्रहरीबाट सम्पादन भएको कामको प्रशंसा गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न नेपाल प्रहरीको अहम भूमिका रहने बताउनुभयो । उहाँले प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरी कार्यक्षेत्रमा खटिन लागेका प्रहरी निरीक्षकलाई निर्भीकरूपमा कर्तव्यपालना गरेर शान्ति सुरक्षामा अब्बल बन्न निर्देशन दिनुभयो ।

कानून कार्यान्वयनकर्ताका रूपमा छनोट भएर आएका प्रहरीले सङ्गठनको भावनाअनुसार काम गर्ने उहाँले आशा व्यक्त गर्नुभयो । उहाँले कार्यक्षेत्रमा पुगेर क्षमतालाई थप परिष्कृत गर्दै राष्ट्रलाई लगानीको उचित प्रतिफल दिने अपेक्षा रहेको बताउनुभयो ।

गृहमन्त्री थापाले नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाई राज्यप्रतिको विश्वासमा कमी हुन नदिन आग्रह गर्दै प्रहरीले परिस्थितिअनुसार काम गर्नु पर्नेमा जोड दिनुभयो । अठार महिना लामो प्रक्षिणबाट प्राप्त सैद्धान्तिक र व्यावहारिक ज्ञानले समस्या पहिचान र त्यसको समाधानमा अब्बल भई शान्ति सुरक्षा प्रभावकारी बनाउन उहाँको आग्रह थियो ।

अबको प्रहरी अपराध अनुसन्धान, शान्ति निर्माणका साथै सामाजिक विकासको हरेक गतिविधिमा जोडिएको उल्लेख गर्दै गृहमन्त्री थापाले नैतिक समाजको बृहत्तर हितमा विचलित नहुन र निर्धक्क भएर जिम्मेवारी पूरा गर्न प्रहरीलाई निर्देशन दिनुभयो । आपराधिक समुहहरुले सामाजिक खलल पुर्याउने सम्भावनाप्रति प्रहरी सदैव सचेत हुनुपर्नेमा उहाँको जोड थियो ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित पोष्ट ग्र्याजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिमबाट नौ महिलासहित ९१ जना प्रहरी निरीक्षक दीक्षित भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विधेयक प्रकृयाबाट गएकोछ, पास हुन्छ : प्रवक्ता बास्कोटा
विधेयक प्रकृयाबाट गएकोछ, पास हुन्छ : प्रवक्ता बास्कोटा
गैँडा संरक्षणका लागि घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय छलफल
गैँडा संरक्षणका लागि घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय छलफल
मकवानपुरमा स्वास्थ्य शिविर, निःशुल्क उपचारसँगै सामाजिक सहयोग
मकवानपुरमा स्वास्थ्य शिविर, निःशुल्क उपचारसँगै सामाजिक सहयोग
तनहुँ १ उपनिर्वाचन : मतगणनास्थलमा सिसिटिभी जडान
तनहुँ १ उपनिर्वाचन : मतगणनास्थलमा सिसिटिभी जडान
काँग्रेस नेता सिटौलाको निवास पछाडि बम विस्फोट , मानवीय क्षति भने भएन
काँग्रेस नेता सिटौलाको निवास पछाडि बम विस्फोट , मानवीय क्षति भने भएन
कसरी गर्ने मतदान ?
कसरी गर्ने मतदान ?
काठमाण्डौँमा बुद्धवचनको दोस्रो वार्षिकोत्सव मनाइयो
काठमाण्डौँमा बुद्धवचनको दोस्रो वार्षिकोत्सव मनाइयो
चालु खाता घाटा साढे ४४ अर्ब, विदेशी मुद्रा सञ्चिति १४ खर्ब
चालु खाता घाटा साढे ४४ अर्ब, विदेशी मुद्रा सञ्चिति १४ खर्ब
‘पुराना एवं रुग्ण पुलहरुको निर्माण प्रक्रिया सुरु गर्न समितिको निर्देशन’
‘पुराना एवं रुग्ण पुलहरुको निर्माण प्रक्रिया सुरु गर्न समितिको निर्देशन’
बाँकी रहेका इस्लामिक स्टेटका लडाकूलाई टर्कीले समाप्त गर्छ – ट्रम्प