सुटुक्क इन्गेजमेन्ट गरेपछि प्रियंका चोपडाले छाेड्नु पर्याे ‘भारत’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ११, २०७५
|
|
४२ पटक हेरिएको
Shares
सुटुक्क इन्गेजमेन्ट गरेपछि प्रियंका चोपडाले छाेड्नु पर्याे ‘भारत’

सारांश

  • काठमाडौँ, ११ साउन।
  •   बलिउड अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय अभिनयले भन्दा प्रेमका कारण हेडलाइन बनिरहेकी छन् ।
  • हलिउड पप गायक निक जोनससँगको खुल्लमखुल्ला प्रेमले प्रियंका हटकेक बनेकी हुन् ।

काठमाडौँ, ११ साउन।  बलिउड अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय अभिनयले भन्दा प्रेमका कारण हेडलाइन बनिरहेकी छन् । हलिउड पप गायक निक जोनससँगको खुल्लमखुल्ला प्रेमले प्रियंका हटकेक बनेकी हुन् । र पछिल्लो खबर फ्यानलाई आश्चर्यचकित पार्ने खालको छ । प्रियंकाको ३६ औँ जन्मदिनमा यी दुईले सुटुक्क इन्गेजमेन्ट गरेका थिए । एक अमेरिकी मिडियाका अनुसार लण्डनमा यी दुईले इन्गेजमेन्ट गरेका थिए । निकले प्रियंकाका लागि न्यु योर्क सिटीको टिफेनी स्टोरबाट औँठी किनेका थिए ।

स्रोतका अनुसार प्रियंका र निकले यहिँ वर्ष लगनगाँठो कस्न सक्ने बताइएको छ । यी दुईले आफ्नो प्रेमलाई सार्वजनिक गरिसकेका छन् । भने दुवै तर्फको पारिवारिक स्रोतबाट पनि सकारात्मक प्रतिक्रिया आएको छ । यी दुई डेटिङका क्रममा थुप्रै पटक फेला पनि परेका छन् ।
पछिल्लो पटक प्रियंका ४ जुलाई अमेरिकी स्वत्रन्त्रता दिवसको दिन निकको पारिवारिक फोटोमा अटाएकी थिइन् । त्यस्तै निकले प्रियंकासँगै भारत भ्रमण पनि गरिसकेका छन् ।
निकका कारण छोड्नु पर्यो ‘भारत’

प्रियंका अलि अब्बास जफरले निर्देशन गर्ने ‘भारत’मा अनुबन्धित थिइन् । तर, शुक्रबार निर्देशकले ट्वीट मार्फत प्रियंका ‘भारत’बाट आउट भएको जानकारी दिएका छन् । कारणमा पिसी (प्रियंका चोपडा) निकसँग व्यस्त रहेकोले फिल्मबाट हात झिक्नु परेको बताएका छन् । साथै उनको निर्णयप्रति खुसि व्यक्त गर्दै अब्बासले शुभकामना पनि दिएका छन् । यो फिल्ममा सलमान खानको मुख्य भूमिका छ । टिम अब दीपिका पादुकोण, करीना कपूर खान, अनुष्का शर्मा, कट्रिना कैफ मध्ये एकलाई फिल्ममा भित्र्याउने सोचमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उदयपुरमा बालिका बलात्कृत, बलात्कार आराेपमा एकजना पक्राउ
उदयपुरमा बालिका बलात्कृत, बलात्कार आराेपमा एकजना पक्राउ
यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर
यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प दोषी ठहर
संसद अधिवेसनमा नेताहरुको हेर्नलायक घम्साघम्सी, कसले के भने ?
संसद अधिवेसनमा नेताहरुको हेर्नलायक घम्साघम्सी, कसले के भने ?
जुडशितल पर्वको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदा । (विज्ञप्ती सहित)
जुडशितल पर्वको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदा । (विज्ञप्ती सहित)
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
सरकारलाई असफल बनाउन ग्रान्ड डिजाइन : भट्टराई
सरकारलाई असफल बनाउन ग्रान्ड डिजाइन : भट्टराई
दुर्घटनामा दुई जनाको मृत्यु
दुर्घटनामा दुई जनाको मृत्यु
सर्वोच्चको आदेशविरुद्ध प्रचण्ड र ओलीको चार बुँदे संयुक्त विज्ञप्ति
सर्वोच्चको आदेशविरुद्ध प्रचण्ड र ओलीको चार बुँदे संयुक्त विज्ञप्ति
मुख्यमन्त्री शाही बेल्चा लिएर फोहर सोहर्न निस्किएपछि…
मुख्यमन्त्री शाही बेल्चा लिएर फोहर सोहर्न निस्किएपछि…
प्रधानमन्त्री अाेली नेपाली कांग्रेसका पूर्वमन्त्रीका ‘फ्यान’,
प्रधानमन्त्री अाेली नेपाली कांग्रेसका पूर्वमन्त्रीका ‘फ्यान’,