डा. केसीले तोडे अनसन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १८, २०७५
|
|
२४ पटक हेरिएको
Shares
डा. केसीले तोडे अनसन

सारांश

  • काठमाडौं : इलामबाट सुरु भएको डा.
  • गोविन्द केसीको १६ औं अनशन २४ औं दिनमा स्थगित भएको छ ।
  • अधिकांश माग पूरा गर्दै सदनबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि पनि अनशनलाई निरन्तरता दिएका केसीले शुक्रबार साँझ स्थगित गर्ने निर्णय गरेका हुन् ।

काठमाडौं : इलामबाट सुरु भएको डा. गोविन्द केसीको १६ औं अनशन २४ औं दिनमा स्थगित भएको छ ।

अधिकांश माग पूरा गर्दै सदनबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि पनि अनशनलाई निरन्तरता दिएका केसीले शुक्रबार साँझ स्थगित गर्ने निर्णय गरेका हुन् ।

चौतर्फी दबाब आएपछि अनशन तोड्नुभएको हो । सरकारले आफूसँगको सम्झौता विपरित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ पारित गरेको भन्दै उहाँ १६ औँ सत्याग्रहमा बस्नुभएको थियो ।

डा. केसीलाई पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र नागरिक अगुवाहरुले अनसन तोड्न आग्रह गरेका थिए । बिहीबार डा. केसीलाई भेट्न अनसनस्थल त्रिवि शिक्षण अस्पताल पुगेका देउवाले अनसन तोडेर फरक हिसाबले लड्न केसीलाई आग्रह गर्नुभएको थियो । त्यस्तै शुक्रबार केसीलाई भेटेर पूर्वराष्ट्रपति यादवले पनि अनसन तोड्न आग्रह गर्नुभयो ।

पूर्वप्रधानन्यायाधीश कार्की, पूर्वसभामुख दमननाथ ढुंगानालगायत नागरिक अगुवाले पनि शुक्रबार बक्तव्य जारी गरेर अनशन तोड्न केसीलाई आग्रह गरेका थिए । उनीहरुले कमजोर स्वास्थ्य अवस्थाको ख्याल गर्दै अनशनबारे पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

चिकित्सा शिक्षा सम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्च स्तरीय कार्यद

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?