आइतबारदेखि शनिबारसम्मको राशिफल, कुन राशिलाई कस्तो छ यो साता ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १९, २०७६
|
|
२१ पटक हेरिएको
Shares
आइतबारदेखि शनिबारसम्मको राशिफल, कुन राशिलाई कस्तो छ यो साता ?

सारांश

  • १ मेष राशि साताको सुरुवातमा स्वास्थ्यले साथ दिन्छ र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
  • अध्ययन अध्यापनमा प्रगति हुनेछ ।
  • रोजगारीको अवासर प्राप्त हुनेछ भने गरिरहनु भएको कार्यमा वाधा अवरोध आउनेछ ।

१ मेष राशि
साताको सुरुवातमा स्वास्थ्यले साथ दिन्छ र शत्रुमाथि विजय प्राप्त हुनेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । रोजगारीको अवासर प्राप्त हुनेछ भने गरिरहनु भएको कार्यमा वाधा अवरोध आउनेछ । साताको मध्य तिर मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । वैदेशिक यात्राको योजना वन्न सक्छ । अतिथिको रूपमा सत्कार पाइनेछ । स्वास्थ्यले साथ दिनेछ । साताको अन्त्य तिर मन अशान्त तथा निराश रहन सक्छ । पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहनेछ । यो अवधिभरि कसैसँग विवाद तथा झगडा नगर्नुहोला । व्यवसायमा लाभ प्राप्त गर्न धेरै मिहिनेत गर्नु पर्ने छ ।

२ बृष राशि
साताको सुरुवातमा व्यर्थ को कार्यमा आफ्नो उर्जा, समय र पैसा को खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । साताको मध्य तिर धन लाभ प्राप्त हुनसक्छ । व्यापार व्यवसायमा सन्तुष्टि जनक नतिजा प्राप्त हुनेछ । दाम्पत्य सुख र आफ्नो पार्टनरबाट सुख प्राप्त हुनेछ । सुखद यात्रा पनि हुनसक्ला । स्वास्थ्यले साथ दिनेछ । साताको अन्त्य तिर मन प्रसन्न रहनेछ । धन र स्वास्थ्य लाभको साथै सुख प्राप्त हुनेछ । कार्यमा सफलता मिल्नेछ । पुनर्मिलनको योग रहेको छ । धार्मिक यात्राको योग छ ।

३ मिथुन राशि
साताको सुरुवातमा मन अशान्त तथा निराश रहन सक्छ । पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहनेछ । यो अवधिभरि कसैसँग विवाद तथा झगडा नगर्नुहोला । व्यावसायमा लाभ प्राप्त गर्न धेरै मिहिनेत गर्नु पर्ने छ । साताको मध्य तिर दिन अनुकुल रहनेछ । सुख र आनन्द प्राप्त हुनेछ । वस्त्र,आभूषण तथा दाम्पत्य सुख आदि प्राप्त हुनेछ । मन प्रसन्न हनेछ । शुभकार्यको चर्चा चल्नेछ । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । साताको अन्त्य तिर अध्ययन अध्यापनमा प्रगति हुनेछ । रोजगारीको अवसर प्राप्त हुनेछ भने गरिरहनु भएको कार्यमा वाधा अवरोध आउनेछ । आयस्रोत राम्रो देखिए पनि खर्च धेरै हुनेछ ।

४ कर्कट राशि
साताको सुरुवातमा सुख र धनको प्राप्ति हुनेछ । नयाँ वस्त्र प्राप्त हुनसक्छ । आफन्त तथा मित्र आदिबाट सहयोग र साथ मिल्नेछ । स्वास्थ्यले साथ दिनेछ पराक्रम मा वृद्धि हुनेछ । समय उत्तम सिद्ध हुनेछ । साताको मध्यतिर मन अशान्त तथा निराश रहन सक्छ । पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहनेछ । यो अवधिभरि कसैसँग विवाद तथा झगडा नगर्नुहोला । साताको अन्त्य तिर दाम्पत्य सुख र आफ्नो पार्टनर बाट सुख प्राप्त हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला ।

५ सिंह राशि
साताको सुरुवातमा मानसिक असन्तोष पैदा हुनेछ । आफ्नो कुटुम्बहरूसँग सुमधुर सम्बन्ध बनाउने प्रयत्न गर्नुहोला । कार्यसिद्धिमा बाधा अडचन आउनेछ । घाटा बाधा आदिको सामना गर्नुपर्ल । स्वास्थ्यमा प्रतिकूल असर आदि हुन सक्छ । पढाइमा मन जाँदैन । साताको मध्य तिर बोली तथा वाणीको प्रभावमा वृद्धि हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछ । अध्ययन अध्ययपनमा सुधार आउनेछ । प्रेमी प्रेमीकावाट सहयोग मिल्नेछ । हर्ष र प्रसन्नताका बीच समय व्यतीत हुनेछ । साताको अन्त्य तिर कार्यसिद्धि हुनेछ । मानसम्मानमा वृद्धि हुनेछ । स्वास्थ्यले पनि साथ देला साथै उच्च अधिकारीबाट पनि साथ र हौसला मिल्नेछ । तपाईंको कार्यको तारीफ हुनेछ ।

६ कन्या राशि
साताको सुरुवातमा मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । वैदेशिक यात्राको योजना वन्न सक्छ । अतिथिको रूपमा सत्कार पाइनेछ । स्वास्थ्यले साथ दिनेछ । साताको मध्यतिर बोली तथा वाणीको प्रभावमा वृद्धि हुनेछ । उत्तम भोजन प्राप्त होला साथै धनलाभ पनि रहला । आफन्त तथा परिवारजनबाट साथ र सहयोग प्राप्त हुनेछ । साताको अन्त्य तिर अनावश्यक यात्रा तथा खर्च हुनेछ । आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुहोला । व्यर्थको कार्यमा आफ्नो उर्जा, समय र पैसाको खर्च हुनेछ ।

७ तुला राशि
साताको सुरुवातमा मानसिक चिन्ता र असन्तुष्टि रहनेछ । व्यवसायमा आफूले सोचे जस्तो नहोला र राज्यबाट भय रहन्छ । स्वास्थ्यले साथ दिने छैन । साताको मध्य तिर अनुकुल रहनेछ । सुख र आनन्द प्राप्त हुनेछ । वस्त्र, आभूषण तथा दाम्पत्य सुख आदि प्राप्त हुनेछ । मन प्रसन्न रहला । साताको अन्त्यतिर बोली तथा वाणीको प्रभावमा वृद्धि हुनेछ । मन प्रसन्न रहनेछ । धन र स्वास्थ्य लाभको साथै सुख प्राप्त हुनेछ । कार्यमा सफलता मिल्नेछ ।

८ वृश्चिक राशि
साताको सुरुवातमा सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । पारिवारिक मेलमिलाप वढ्नेछ । रोजगारीको अवसर प्राप्त हुनेछ । ब्यापार ब्यबसायमा प्रगती हुनेछ । साताको मध्यतिर मन अशान्त तथा निराश रहनेछ । व्यापार, व्यवसाय मध्यम रहनेछ । पढाइमा त्यति लगाव हुदैन । साथीभाईबाट सहयोग प्राप्त हुनेछ । साताको अन्त्य तिर लगनशीलताले कामहरू अगाडी बढ्नेछ । अध्ययन अध्ययपनमा सुधार आउनेछ । प्रेमी प्रेमीका वाट सहयोग मिल्नेछ । हर्ष र प्रसन्नताका बीच समय व्यतीत हुनेछ ।

९ धनु राशि
साताको सुरुवातमा नयाँ रोजगारीको अवसर प्राप्त हुन्छ भने गरिरहनु भएका जागिरमा पदोन्नति हुने देखिन्छ । व्यापार, व्यवसाय मध्यम रहनेछ । शैक्षिक क्षेत्रमा सफल भइनेछ । साताको मध्यतिर धन लाभ प्राप्त हुनसक्छ । व्यापार व्यवसायमा सन्तुष्टि जनक नतिजा प्राप्त हुनसक्ला । दाम्पत्य सुख र आफ्नो पार्टनरबाट सुख प्राप्त हुनेछ । साताको अन्त्य तिर जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ ।

१० मकर राशि
साताको सुरुवातमा व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । साताको मध्य तिर मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । साताको अन्त्यतिर व्यापार व्यवसायमा लाभ प्राप्त हुनेछ । धनलाभ होला उत्तम भोजन प्राप्त हुनसक्छ र सन्तानबाट पनि सन्तुष्टि प्राप्त हुनसक्ला । स्त्रीबाट पनि सहयोग मिल्न सक्छ ।

११ कुम्भ राशि
साताको सुरुवातमा दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । स्वास्थ्यको विशेष ध्यान दिनुहोला । व्यर्थको कार्यमा आफ्नो उर्जा, समय र पैसाको खर्च हुनेछ । साताको मध्यतिर कार्यसिद्धि होला मानसम्मानमा वृद्धि हुनेछ । स्वास्थ्यले पनि साथ देला साथै उच्च अधिकारीबाट पनि साथ र हौसला मिल्नेछ । तपाईंको कार्यको तारीफ हुनसक्छ । साताको अन्त्य तिर मनमा शान्तिको अनुभूति हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला ।

१२ मीन राशि
साताको सुरुवातमा धन लाभ प्राप्त हुनसक्छ । व्यापार व्यवसायमा सन्तुष्टि जनक नतिजा प्राप्त हुनसक्ला । दाम्पत्य सुख र आफ्नो पार्टनरबाट सुख प्राप्त हुनेछ । सुखद यात्रा पनि हुनसक्ला । साताको मध्यतिर स्वास्थ्यको ख्याल राख्नुहोला । मन अशान्त रहनेछ । कष्ट, रोग, घाटा, आकस्मिक संकट आदिको भय रहन्छ । साताको अन्त्यतिर लामो दूरीको यात्रा सफल रहनेछ । भाग्यले साथ दिनेछ । यो अवधिमा गरिएका हरेक यात्राहरू पूर्ण सफल रहनेछ । तपाईंको कार्यसिद्धि हुनेछ । ज्योतिषः गोपाल अधिकारी ९८१८७७०७७९

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?