अाकस्मिक हृदयघात कसरी हुन्छ ? प्रकाश दाहालको मृत्युको कारण ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ३, २०७४
|
|
२५ पटक हेरिएको
Shares
अाकस्मिक हृदयघात कसरी हुन्छ ? प्रकाश दाहालको मृत्युको कारण ?

सारांश

  • काठमाडौं— माओवादी अध्यक्ष पुष्पकमल दाहालका सुपुत्र प्रकाशको अल्पायुमै मृत्यु भएको विषयले धेरैले आश्चर्यमा पार्‍यो।
  • आइतबार बिहानै सामाजिक सञ्जालमा मृत्युको खबर फैलियो।
  • अधिकांशले त्यो खबर पत्याएनन्।

काठमाडौं— माओवादी अध्यक्ष पुष्पकमल दाहालका सुपुत्र प्रकाशको अल्पायुमै मृत्यु भएको विषयले धेरैले आश्चर्यमा पार्‍यो। आइतबार बिहानै सामाजिक सञ्जालमा मृत्युको खबर फैलियो। अधिकांशले त्यो खबर पत्याएनन्। बरु उल्टै त्यस्ता सामाजिक सम्प्रेषण गर्नेहरुप्रति आधिकारिकताको प्रश्न उठाए। ती प्रश्नहरु स्वभाविक थिए किनभने प्रकाश दाहाल मात्र ३६ वर्षका थिए। हट्टाकट्टा देखिन्थे। सामान्य, स्वस्थ लाग्थे।

आइतबार मध्यान्ह हुँदासम्म नर्भिक अस्पतालले उनको मृत्यु आधिकारिक रुपमा पुष्टि गर्‍यो। उनको चेकजाँगमा संलग्न चिकित्सक डा.विमलेश श्रेष्ठकको टोलीले जनाएअनुसार अस्पताल पुर्‍याउँदा प्रकाश बेहोस अवस्थामा थिए। हातगोडाका सबै भाग निलो भइसकेका थिए। शरीर पूरै चिसो थियो। श्वास प्रश्वास बन्द थियो। आँखाको नानी पूरै सुन्निएको थियो। त्यसपछि चिकित्सक टोलीले इसिजी गर्‍यो। इसिजी रिपोर्टमा मुटुको गतिविधि शून्य देखियो।

मुटुरोग विशेषज्ञ डा.ओममुर्ति अनिलका अनुसार आकस्मिक (विशेषगरी सुतेको समयमा) हुने मृत्युका कारण म्यासिभ हर्टएट्याक सँगै, मुटुको चालमा हुने गडबढी, जन्मजात मुटुको समस्या, मतिष्कघात वा मतिष्कमा रगतको थेग्ला (क्लड) जम्ने कारणले हुन्छ।

यी सबै चेकजाँचका आधारमा चिकित्सकले घोषणा गरे- प्रकाश दाहालको मृत्युको कारण आक्समिक हृदयगति बन्द (सडेन कार्डिआक अरेष्ट)  हो।

आकस्मिक हृदयगति बन्द भनेको के हो?

सामान्यतः मुटुको नसा थुनिएर वा फुटेर हृदयघात हुनसक्छ। अाकस्मिक हृदयगति बन्द हुँदा सुरुमै मुटुको चालमा गडबडी हुने वा हृदयघात हुनासाथ चाल गडबडी सुरु हुने अवस्था रहने चिकित्सक बताउँछन्।

मुटुरोग विशेषज्ञ डा.ओममुर्ति अनिलका अनुसार आकस्मिक (विशेषगरी सुतेको समयमा) हुने मृत्युका कारण म्यासिभ हर्टएट्याक सँगै, मुटुको चालमा हुने गडबढी, जन्मजात मुटुको समस्या, मतिष्कघात वा मतिष्कमा रगतको थेग्ला (क्लड) जम्ने कारणले हुन्छ। ‘तीबाहेक मुटुको ठूलो धमनी फुट्नु, फोक्सोका नलीमा क्लड (थेग्ला) जमेमा पनि (पल्मोनरी इम्बोलिज्म)ले पनि आकस्मिक मृत्यु हुन्छ,’ डा.ओम भन्छन्,।

सुन्दा उस्तै लागे पनि हृदयघात अर्थात ‘हर्ट अट्याक’ र ‘सडेन कार्डिआक अरेष्ट’ एउटै रोग होइनन्। आकस्मिक हृदयगति बन्द हुने समस्या जसलाई जतिबेला पनि हुन सक्ने चिकित्सकहरु बताउँछन्। तर यसका कारणहरु भने रहने अनुसन्धानकर्ताहरु औंल्याएका छन्। यसको सोझो सम्बन्ध मुटुसम्बन्धी रोगहरुसँग रहन्छ। मुटु रोगीका लागि खतरा मानिएका विषय नै आकस्मिक हृदयगति बन्दका लागि पनि खतरा हुने उनीहरुको भनाइ छ।

के बाट खतरा

१. वंशानुगत रुपमा परिवारमा अन्यलाई मुटुको रोग भए यो दोहोरिन सक्छ।

२. नियमित ध्रुमपान सेवन गर्ने व्यक्तिलाई आकस्मिक हृदयगतिको सम्भावना रहन्छ। अझ लागू पदार्थ सेवन गर्नेहरुलाई यसबाट बढी खतरा हुने अनुसन्धानले देखाएको छ।

३. उच्च रक्तचाप हुने व्यक्तिलाई यसबाट खतरा रहन्छ।

४. डाइबिटिज तथा मोटोपनको रोगीलाई पनि यसको खतरा हुनेगर्छ।

५. धेरै निस्क्रिय जीवनशैली भएका व्यक्तिमा पनि यसबाट खतरा रहन्छ।

६. अत्यधिक मदिरा सेवन गर्ने व्यक्तिहरु पनि आकस्मिक हृदयगतिको उच्च जोखिममा रहने चिकित्सा अनुसन्धानले देखाएको छ। अझ २४ घन्टामा दुई पटकभन्दा बढी मदिरा सेवन गर्नेहरु यसबाट उच्च जोखिममा रहन्छन्।

बच्ने उपाय

चिकित्सकहरु अाकस्मिक हृदयघातबाट बच्ने त्यस्तो ठोस उपाय नभएको बताउँछन्। त्यही भएर खतराजन्य विषयबाट टाढै रहनु नै यसबाट बच्ने उत्तम उपाय भएको उनीहरुको भनाइ छ। मुटुमैत्री खानपान र जीवनशैलीका कारण खतरा कम गर्न सकिने उनीहरु बताउँछन्। अाकस्मिक हृदयघातबका खतरा घटाउने केही उपायहरु :

१. धुम्रपानबाट टाढै रहने

२. मदिरा सेवन धेरै नगर्ने (दिनको एक पटकभन्दा बढी नगर्ने )

३. खापानमा ध्यान दिने, मुटुलाई असर गर्ने खानाबाट टाढै रहने।

४. शारीरिक रुपमा अाफूलाई सक्रिय राख्ने‍

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Shyam Shubham Giri

    मृतू अवस्य हो असम्भव होईन तर पनि प्रकाश दाहाल जी को असामाहिक असानधार्विक अपत्यरिलो एवं अकल्पनीय मृतूवरण बारे सून्नू पर्दा अचम्वित भएको छू यस दूखद घडीमा प्रतिकृया मार्फत प्रचण्ड परिवार प्रति गहिरो दूख ब्यक्त गर्दे मृतआत्मा प्रति भावपूर्ण श्रध्दासूमन अर्पण गर्दछू ?

    Comment Author

    Prabin Pande Prabin Pande

    Rip

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?