सुपको जनताको देउवा सगँ के आश!?: गंगा देखे गंगादाश, जमुना देखे जमुनादाश

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २६, २०७३
|
|
४९३ पटक हेरिएको
Shares
सुपको जनताको देउवा सगँ के आश!?: गंगा देखे गंगादाश, जमुना देखे जमुनादाश

सारांश

  •    २६ माघ, कंचनपुर, पुर्ब मन्त्री एंब एमाले नेता महेश बस्नेतले नेपाली कांग्रेसको शभापती शेर बहादुर देउवाको पछिल्लो राजनैनिक स्ट्याण्डलाई गंगा देखे गंगादाश, जमुना देखे जमुनादाशको संज्ञा दिएका छ्न।
  • जनशभाहरुमा माघ ७ गते भित्र तीनतहको निर्वाचन गर्ने भाषण गर्ने अनि मधेसी मोर्चाबोलाएर संविधान संशोधन नगरी निर्वाचन हुन्न भन्ने कांग्रेसको दोहोरो चरित्रको कारण मुलुक निकाशा बिहिन बनेको र जनतामा निराशा बढेकोआरोप लगाए।
  • कंचनपुर उध्योग बाणिज्य संघले गरेको स्वागत कार्यक्रममा बस्नेतले दैजी छेलामा हजार बिघाहा जग्गामा औद्योगिक क्षेत्र स्थापना गर्न आफुले ७० लाख रकम बिनियोजन गरेको र पछि केपी ओली सरकारले ५ करोड रकम बिनियोजन गरेर ७ नं प्रदेशको ठूलो औद्योगिक क्षेत्रको रुपमा राष्ट्रिय गौरवको योजनामा परेको बताए।

 

 २६ माघ, कंचनपुर, पुर्ब मन्त्री एंब एमाले नेता महेश बस्नेतले नेपाली कांग्रेसको शभापती शेर बहादुर देउवाको पछिल्लो राजनैनिक स्ट्याण्डलाई गंगा देखे गंगादाश, जमुना देखे जमुनादाशको संज्ञा दिएका छ्न।
जनशभाहरुमा माघ ७ गते भित्र तीनतहको निर्वाचन गर्ने भाषण गर्ने अनि मधेसी मोर्चाबोलाएर संविधान संशोधन नगरी निर्वाचन हुन्न भन्ने कांग्रेसको दोहोरो चरित्रको कारण मुलुक निकाशा बिहिन बनेको र जनतामा निराशा बढेकोआरोप लगाए। कंचनपुर उध्योग बाणिज्य संघले गरेको स्वागत कार्यक्रममा बस्नेतले दैजी छेलामा हजार बिघाहा जग्गामा औद्योगिक क्षेत्र स्थापना गर्न आफुले ७० लाख रकम बिनियोजन गरेको र पछि केपी ओली सरकारले ५ करोड रकम बिनियोजन गरेर ७ नं प्रदेशको ठूलो औद्योगिक क्षेत्रको रुपमा राष्ट्रिय गौरवको योजनामा परेको बताए। महाकाली नदीमा पूल र गड्डिचौकी देखी दैजिसम्मको पुर्ब पस्चिम ४ लेनको बाटो, दैजी जोगबुढा रणनीतिक मार्ग, दैजी बेलडाडे हुँदै डोके बजार हुलाकी सडक,कलुवापुर बेलौरि मदन आश्रत सडक, भिमदत्त नगर पालिकालाई स्मार्ट सिटी निर्माण गर्न ५० करोड गरी ५ अर्ब भन्दा बढी रकम बिनियोजन गरेको छ।
बर्तमान सरकार अघिल्लो सरकारको लोकप्रिय बजेट कार्वायन गर्न चासो दिएको छैन। तर उक्त सडकहरुको सिल्यान्यास गर्न र आफुले योजना पारेको भ्रम छर्न मन्त्री रमेश लेखकलाई भ्याइनभ्याइ भएको छ बस्नेतले भने। एमाले नेतृ निरु पालको पति मोहन पालको श्रध्दन्जली कार्यक्रममा एमालेका अर्का नेता एंव राष्ट्रिय उध्योगपति किसान श्रेष्ठ सहित आएका बस्नेत र श्रेष्ठलाई उध्योग वाणिज्य संघले स्वागत गरेको थियो।
अध्यक्ष सुरेश रावलको अध्यक्षतामा सप्पन्न उक्त कार्यक्रममा पुर्ब जिबिस उपशभापती राजेन्द्र रावल, युवानेता नर बहादुर धामी, युवा परिषद अध्यक्ष महेश पंन्त, अखिल अध्यक्ष ॐ बस्नेत समेतको उपस्थिति थियो। संघको तर्फबाट बरिष्ट उपाध्यक्ष जंग बहादुर मल्लले स्वागत गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?