हातपात गरेको भन्दै मेयर पुगे प्रहरी कार्यालय

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
हातपात गरेको भन्दै मेयर पुगे प्रहरी कार्यालय

सारांश

  • अस्बिन खड्का २७ वैशाख- सुनसरीे इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी स्थानीयले कुट्न खोजेको भन्दै प्रहरी कार्यालय पुगे ।
  • स्थानीय खेती खोलाको समस्याका विषयमा छलफल गर्ने क्रममा स्थानीयले घेरेपछि उनी हातपात गर्न खोजेको भन्दै बुधबार प्रहरी कार्यालय पुगेका थिए ।
  • मेयर चौधरी र वडा नं.

अस्बिन खड्का २७ वैशाख- सुनसरीे इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी स्थानीयले कुट्न खोजेको भन्दै प्रहरी कार्यालय पुगे । स्थानीय खेती खोलाको समस्याका विषयमा छलफल गर्ने क्रममा स्थानीयले घेरेपछि उनी हातपात गर्न खोजेको भन्दै बुधबार प्रहरी कार्यालय पुगेका थिए ।

मेयर चौधरी र वडा नं. ४, ५ का स्थानीय बीच भएको छलफलमा आफूहरुका कुरा नसुनेको भन्दै बाहिर ढुकेर बसेका चारजनाले घेराउमा पारेपछि मेयर चौधरी पछाडिकाो बाटोबाट प्रहरी कार्यालय पुगेका थिए । गाउँका समस्या नसुनेको भन्दै स्थानीयले बुधबार नगरपालिका भित्रै मेयर चौधरीलाई घेरामा पारेका थिए ।

३ महिना अघि खेतीखोलको जग्गा मिचेर बनाइएका घर, टहरा भत्काइएको थियो । तर, भत्काएपछि त्यतिकै छोडिएको र पटक पटक सामग्री हटाउन गरिएको आग्रह नसुनेको भन्दै मेयरकहाँ पुगेका थिए। समस्या सुनाउन पुगेका तुलसा टोलकाबासीले उपमहानगरको सांस्कृतिक भवन छेउमा मेयरलाई भेटेका थिए । स्थानीयले हातपात गर्न खोजेपछि मेयर चौधरी प्रहरी कार्यालय पुगेको उनका निजी सचिव महेश्वर कार्कीले बताए । 

उनका अनुसार नराम्रो वातावरण सिर्जना भएपछि प्रहरी कार्यालय पुगेका हुन । खेतीखोलामा डेजर चलेपछि भत्किएका संरचना अझै पनि लथालिंग अवस्थामा छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Nima Sherpa

    कुरा नसुन्ने मेयर लाईत ठोक्नुनै पर्छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?