निर्मला पन्तका बुवालाइ बुझाए बाबुराम भट्टराईले एक लाख

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
५२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १० मंसिर।
  •   नयाँ शक्ति पार्टीका संयोजक डा.
  • बाबुराम भट्टराईले निर्मला पन्तको परिवारलाई भेटेका छन् ।

काठमाडौं, १० मंसिर।  नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले निर्मला पन्तको परिवारलाई भेटेका छन् । सोमबार अपरान्ह त्रिवि शिक्षण अस्पताल पुगेर डा.भट्टराईले उनीहरुलाई भेटेका हुन् । छोरी निर्मलाको बलात्कारपछि हत्या भएपछि न्याय माग्दै धर्नामा बसेका निर्मलाका बुबाको मानसिक सन्तुलन गुमेपछि उनी अहिले त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । संयोजक भट्टराईले बिरामी यज्ञराज पन्तको स्वास्थ्य अवस्थाबारे बुझेपछि निर्मलाकी आमालाई सम्झाएका थिए।

उनले आफुहरुको सक्दो सहयोग रहने समेत प्रबिद्धता जनाएका थिए । डा.भट्टराईले अन्य केही समस्या भए पनि आफुहरुले सहयोग गर्ने बचन दिएका छन् । बाबुरामसँगको कुराकानीका क्रममा निर्मलाकी आमाले छोरीको न्याय त राज्यले दिनुनै पर्ने तर छोरीको पीडाकै बीचमा श्रीमानको समेत यो हालत भएको भन्दै गुनासो पोखेकी थिइन् ।

कञ्चनपुरकी निर्मला पन्तको साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । सो घटनामा संलग्न अपराधी अहिलेसम्म पत्ता लाग्न सकेको छैन् । सरकारले घटनाबारे थप अनुसन्धान जारी रहेको बताउँदै आएको छ ।  भेटमा डा.भट्टराईले नयाँ शक्ति समर्थक प्रवासी नेपालीहरुले जुटाएको १ लाख रुपैयाँ समेत पीडित परिवारलाई बुझाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नामिबियाद्धारा नेपालसामु १३९ रनको लक्ष्य प्रस्तुत, सन्दिपले लिए चार विकेट
नामिबियाद्धारा नेपालसामु १३९ रनको लक्ष्य प्रस्तुत, सन्दिपले लिए चार विकेट
पैसा नै छैन, कसरी दशैं मनाउने,दशैं आएपनि कुनै हर्ष छैन
पैसा नै छैन, कसरी दशैं मनाउने,दशैं आएपनि कुनै हर्ष छैन
प्रकाशमानको दाबीः पहिलो मै हुँ ! दोस्रो रविन्द्र मिश्र र शर्मालाई सोध्नुस्
प्रकाशमानको दाबीः पहिलो मै हुँ ! दोस्रो रविन्द्र मिश्र र शर्मालाई सोध्नुस्
पूर्वराजा ज्ञानेन्द्रलाई प्रचण्डले सोधे : होटेल होटेलमा किन नाँच्दै हिँडेको ?
पूर्वराजा ज्ञानेन्द्रलाई प्रचण्डले सोधे : होटेल होटेलमा किन नाँच्दै हिँडेको ?
इक्वेडरसँग आयोजक कतार पराजित
इक्वेडरसँग आयोजक कतार पराजित
चार वर्षसम्म नभएको सडकको काम प्रचण्डको निर्देशनपछि बैशाख १५ भित्रै कालोपत्रे
चार वर्षसम्म नभएको सडकको काम प्रचण्डको निर्देशनपछि बैशाख १५ भित्रै कालोपत्रे
भोलीदिेखि राष्ट्रपति भण्डारी कतारको ३ दिने भ्रमणमा
भोलीदिेखि राष्ट्रपति भण्डारी कतारको ३ दिने भ्रमणमा
अस्पतालको लापर्बाही, ब्लड क्यान्सरको औषधिमा धमिरा
विदेश भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्रिलाइ नेविसंघ कार्यकर्ता कालो झन्डा देखायो – फोटो सहित
विदेश भ्रमण सकेर स्वदेश फर्केका प्रधानमन्त्रिलाइ नेविसंघ कार्यकर्ता कालो झन्डा देखायो – फोटो सहित
बेगनासमा डुबेर एकको मृत्यु