स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र भइरहेको ओलीको दावी

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ७, २०७८
|
|
१९ पटक हेरिएको
Shares
स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र भइरहेको ओलीको दावी

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको चुनाव सार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।
  • आज सोमवारदेखि काठमाण्डौमा सुरु भएको पार्टी पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले निर्वाचन आयोगमा आफू नेतृत्वको सरकारले नियुक्त गरेका तीन जना आयुक्तलाई सर्वोच्च अदालतबाट बर्खास्त गरेर चुनाव सार्ने षड्यन्त्र गरिरहेको दाबी गरेका हुन् ।
  • तीन जना आयुक्तलाई बर्खास्त गरेपछि दुई जना आयुक्तले चुनाव गर्न नसक्ने बहानामा चुनाव पर धकेल्ने ओलीको दाबी छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको चुनाव सार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । आज सोमवारदेखि काठमाण्डौमा सुरु भएको पार्टी पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले निर्वाचन आयोगमा आफू नेतृत्वको सरकारले नियुक्त गरेका तीन जना आयुक्तलाई सर्वोच्च अदालतबाट बर्खास्त गरेर चुनाव सार्ने षड्यन्त्र गरिरहेको दाबी गरेका हुन् ।

तीन जना आयुक्तलाई बर्खास्त गरेपछि दुई जना आयुक्तले चुनाव गर्न नसक्ने बहानामा चुनाव पर धकेल्ने ओलीको दाबी छ । ओली प्रधानमन्त्री हुँदा अध्यादेशमार्फत निर्वाचन आयोग लगायत विभिन्न संवैधानिक अङ्गमा ५२ जनाको नियुक्ति भएको थियो । यससम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले पर्सि बुधवार सुनुवाइ गर्दैछ ।

अध्यक्ष ओलीले निर्वाचन आयोगले मतपत्रको रङ हरियो राखेकोप्रति असन्तुष्टि दोहो¥याएका छन् । आयोग सत्ता गठबन्धनसँग मिलेर एमालेविरुद्धमा लागेको अध्यक्ष ओलीको आरोप छ ।

ओली भन्छन्, ‘निर्वाचन आयोगले पनि दलहरूसँग परामर्श गर्नुपर्छ । अनि चुनाव चिह्नको रङ रङबारे पनि दलहरूको परामर्श लिनुपर्दैन, कस्तो स्वेच्छाचारिता हो यो ? गठबन्धनसँगको भित्री परामर्शबाट भएका निर्णयहरू हुन यी । अहिलेसम्म रङको कारणले चुनाव चिह्न चिनिएन भनेर कुनै दल वा मतदाताबाट आयो र ! हामीले रङको कारणले चिनेनौँ, रङको कारणले द्विविधा भयो भन्ने त आएन । त्यस कारण रङ बदलेर हरियो चाहिँ किन राख्नुप¥यो ? चिह्नमा हरियो रुखलाई किन राख्नुप¥यो ? सूर्य कसरी हरियो हुन्छ । कि त सिम्बोलिक ब्लाक एण्ड ह्वाइटमा जानुप¥यो । कि जसको जुन चिह्न हो, त्यहीअनुसार हामीलाई रातो सूर्य देऊ । यो सत्ता साँठगाँठ होइन भने के हो ?’

हिजो इलाममा पनि अध्यक्ष ओलीले रुखको रङ हरियो अनि सूर्यको रङ पनि हरियो कसरी हुन्छ भनेर प्रश्न गरेका थिए ।

अध्यक्ष ओलीले दलहरूसँग परामर्श नगरि चुनावसम्बन्धी कुनै पनि गतिविधि अघि नबढाउन पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराए। उनलेआउँदो चुनावमा एकल बहुमत ल्याएर तीन वटै तहको सरकार पार्टीले चलाउनुपर्ने भन्दै त्यहीअनुसारको तयारी गर्न पनि सिँगो पार्टी पङ्क्तिलाई आह्वान गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?