स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ७, २०७५
|
|
२० पटक हेरिएको
Shares
स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना

सारांश

  • काठमाडौ , ७ मंसिर ।
  • सरकारले देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना  गर्ने भएको छ ।
  • मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

काठमाडौ , ७ मंसिर । सरकारले देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना  गर्ने भएको छ । मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

हाल देशभर कूल ७५३ स्थानीय तह छन् । ती केन्द्रमा हाललाई करारमा अधिकृतस्तरका कर्मचारी रहनेछन् । केन्द्रमा करारमा कर्मचारी नियुक्त गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृतिसमेत दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?