टुक्ती भन्दैछन्–ल्याङ ल्याङ नगर

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १८, २०७६
|
|
४१ पटक हेरिएको
Shares
टुक्ती भन्दैछन्–ल्याङ ल्याङ नगर

सारांश

  • सोलुखुम्बुका टुक्ती शेर्पा गायकको रुपमा देखा परेका छन् ।
  • सरकारी कर्मचारी समेत रहेका शेर्पाले ‘ल्याङ ल्याङ नगर’ बोलको गीत सार्वजनिक गर्दै गायकको परिचय पनि थपेका हुन् ।
  • युट्युवबाट सार्वजनिक गरिएको गीतमा महेश ज्ञवालीको शव्द, संगीत र शैलेन्द्र प्रधान (बाबु)को संगीत संयोजन रहेको छ ।

सोलुखुम्बुका टुक्ती शेर्पा गायकको रुपमा देखा परेका छन् । सरकारी कर्मचारी समेत रहेका शेर्पाले ‘ल्याङ ल्याङ नगर’ बोलको गीत सार्वजनिक गर्दै गायकको परिचय पनि थपेका हुन् । युट्युवबाट सार्वजनिक गरिएको गीतमा महेश ज्ञवालीको शव्द, संगीत र शैलेन्द्र प्रधान (बाबु)को संगीत संयोजन रहेको छ । शेर्पाले आफ्नै युट्युव च्यानलबाट गीत सार्वजनिक गरेका हुन् ।

सार्वजनिक भएको गीतको भिडियोमा ल्हाक्पा शेर्पा भिजेको निर्देशन रहेको छ । भिडियोमा सुरज राइले सहायक निर्देशनको भूमिका निर्वाह गरेका छन् । अमेरिका र नेपालमा छायांकन गरिएको गीतको भिडियोमा नवीन के श्रेष्ठ र पासाङ लामाको छायाँकन रहेको छ ।

टेकेन्द्र शाहको दृश्य सम्पादन रहेको भिडियोमा मुख्य भूमिकामा छोग्याल शेर्पा र मिङङ्मा शेर्पाले अभिनय गरेका छन् । आङ् ग्याल्जेन शेर्पा, वसन्ती राई, डोमा शेर्पा,  र काजी शेर्पा लगायतको अभिनय पनि भिडियोमा रहेको छ ।

Click here for Video

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?