आज बिहान कुकुर पूजा, मध्यान्हपछि लक्ष्मीपूजा

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १०, २०७६
|
|
२० पटक हेरिएको
Shares
आज बिहान कुकुर पूजा, मध्यान्हपछि लक्ष्मीपूजा

सारांश

  • आज आइतबार घरघरमा लक्ष्मीपूजा गर्दै धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजाआजा गरिदै छ ।
  • कात्तिक कृष्ण चतुर्दशीमा मनाइए पनि आइतवार बिहान चतुर्दशी र मध्यान्नपछि रातभर औंसी तिथि छ ।
  • त्यसैले बिहान कुकुरपूजा गरेर साँझ लक्ष्मीपूजा गर्नुपर्नेछ ।

आज आइतबार घरघरमा लक्ष्मीपूजा गर्दै धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पूजाआजा गरिदै छ । कात्तिक कृष्ण चतुर्दशीमा मनाइए पनि आइतवार बिहान चतुर्दशी र मध्यान्नपछि रातभर औंसी तिथि छ । त्यसैले बिहान कुकुरपूजा गरेर साँझ लक्ष्मीपूजा गर्नुपर्नेछ । सोमवार बिहान औंसी तिथि भए पनि बिहानको ९ बजेर ४३ मिनेट गएपछि प्रतिपदा तिथि लाग्नेछ ।

कात्तिक कृष्ण औंसीका दिन धन सम्पत्तिले भरिपूर्ण होस् भन्ने कामनासहित धनधान्यकी देवी लक्ष्मीको पूजा÷आराधना गर्ने चलन रहेको छ । कात्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अध्यारो रातको रुपमा लिइन्छ । कतिपयले यो रातलाई चुक घोप्ट्याएको जस्तै अध्यारो रात भनेर पनि अथ्र्याउँछन् ।
यस्ता अध्यारो रातलाई प्रकाशले आलोकित पार्न आज घरघरमा झिलिमिली बत्ति बालेर लक्ष्मी भित्र्याइन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?