कृषिमा आत्मनिर्भर हुने गण्डकी प्रदेशको नीति

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २४, २०७७
|
|
२९ पटक हेरिएको
Shares
कृषिमा आत्मनिर्भर हुने गण्डकी प्रदेशको नीति

सारांश

  • गण्डकी प्रदेश सरकारले उत्पादन र उत्पादकत्व बढाउँदै कृषिमा आत्मनिर्भर हुने नीति लिएको छ ।
  • प्रदेशसभामा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७७ ७८ को वार्षिक नीति तथा कार्यक्रममा कृषि क्षेत्रको विकासका लागि कृषि नीति तथा गुरुयोजना तर्जुमा गरिने उल्लेख छ ।
  • कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न यान्त्रिकीकरण, आधुनिकीकरण र व्यवसायीकरणका कार्यक्रम प्रवद्र्धन गरिने प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

गण्डकी प्रदेश सरकारले उत्पादन र उत्पादकत्व बढाउँदै कृषिमा आत्मनिर्भर हुने नीति लिएको छ । प्रदेशसभामा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७७ ७८ को वार्षिक नीति तथा कार्यक्रममा कृषि क्षेत्रको विकासका लागि कृषि नीति तथा गुरुयोजना तर्जुमा गरिने उल्लेख छ । कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न यान्त्रिकीकरण, आधुनिकीकरण र व्यवसायीकरणका कार्यक्रम प्रवद्र्धन गरिने प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

कृषि तथा पशुपक्षीजन्य उपजको उत्पादन र उत्पादकत्व वृद्धि गरी मुख्य–मुख्य उत्पादनमा आत्मनिर्भर हुन उन्नत जात, नश्ल र प्रविधिको प्रयोगलाई विस्तार गरिने सरकारको योजना छ । ‘एक पालिकाः एक उत्पादन’ कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न बाली, पशुपक्षी तथा मत्स्यपालनका पकेट तथा ब्लक विस्तार गरिने सरकारले जनाएको छ ।

प्रदेशमा जलवायु अनुकूलित प्रविधिको प्रयोग, विकास तथा विस्तार गर्न मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रम ७२ स्थानमा सञ्चालन गरिएको छ । यसबाट कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि, रोजगारी सिर्जना र गरिबी निवारण गर्न टेवा पुगेको सरकारले जनाएको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?