कानूनी अड्चन फुकाएर नयाँ सरकारको गठनको बाटो खोल्नुपर्ने : ज्ञवाली

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०७४
|
|
३० पटक हेरिएको
Shares
कानूनी अड्चन फुकाएर नयाँ सरकारको गठनको बाटो खोल्नुपर्ने : ज्ञवाली

सारांश

  • काठमाडौँ, ३ माघ ।
  • नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले कानूनी अड्चन फुकाएर सरकारले नयाँ सरकारको गठनको बाटो खोल्नुपर्ने बताउनुभएको छ ।
  • अनेरास्ववियुद्वारा आयोजित दुईदिने काठमाडौँ उपत्यकास्तरीय प्रशिक्षणलाई यहाँ सम्बोधन गर्दै उहाँले जनमतको कदर गर्नका लागि सरकारले कानूनी अड्चन फुकाउनुपर्ने बताउनुभएको हो ।

काठमाडौँ, ३ माघ । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले कानूनी अड्चन फुकाएर सरकारले नयाँ सरकारको गठनको बाटो खोल्नुपर्ने बताउनुभएको छ ।

अनेरास्ववियुद्वारा आयोजित दुईदिने काठमाडौँ उपत्यकास्तरीय प्रशिक्षणलाई यहाँ सम्बोधन गर्दै उहाँले जनमतको कदर गर्नका लागि सरकारले कानूनी अड्चन फुकाउनुपर्ने बताउनुभएको हो ।

“अन्य मुलुकमा सत्तासीन दल पराजित भइसकेपछि सरकार छाड्न हतारिन्छन्”, उहाँले भन्नुभयो, “तर हाम्रो देशमा सरकारको दल पराजित भइसके पनि सत्तालिप्सा भएर कुर्सीमा बसेका छन् । यहाँ निर्वाचनपछि जनमतको कदर भएको देखिँदैन ।”

सचिव ज्ञवालीले सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न ढिलाइले राष्ट्रियसभाको निर्वाचनमा असर पर्ने बताउँदै चाँडै नै प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नुपर्ने बताउनुभयो ।

उहाँले वाम एकताका लागि बिथोल्न केही शक्ति अझै लागिपरेको भन्दै त्यो सफल नहुने धारणा राख्नुभयो । उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली बैंककबाट आएपछि नेकपा (माओवादी केन्द्र)सँगको एकतालाई मूर्त रुप दिने बताउनुभयो ।

पार्टी एकताका लागि दुई पार्टीको व्यवस्थापनमा कुनै समस्या नभएको जिकिर उहाँको भनाइ थियो ।

कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष नवीना लामाले वाम एकताले नेपाली कम्युनिष्ट विद्यार्थीको आन्दोलनलाई थप सहयोग पु¥याउने दाबी गर्नुभयो ।

कार्यक्रममा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका सबै अनेरास्ववियु मातहतका कमिटीको सहभागिता रहेको छ । (रासस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?