हिउँबाट उर्जा निकालिँदै
सारांश
- काठमाडौं, ७ मंसिर ।
- हिउँबाट पनि उर्जा निकाल्न सकिन्छ भन्ने सुन्दा आश्चार्य लाग्न सक्छ ।
- तर, जापानी वैज्ञानिकहरु हिउँबाट उर्जा निकाल्ने काममा जुटेका छन् ।
काठमाडौं, ७ मंसिर । हिउँबाट पनि उर्जा निकाल्न सकिन्छ भन्ने सुन्दा आश्चार्य लाग्न सक्छ । तर, जापानी वैज्ञानिकहरु हिउँबाट उर्जा निकाल्ने काममा जुटेका छन् । जापानी समुद्रको पीँधमा पाइने हिउँ बाल्न सकिने रहेको अनुसन्धानबाट पुष्टि भएको छ । समुद्रको पीँधमा रहको हिउँमा ‘मिथेन’ भन्ने तत्व मिसिएको पाइएको छ । मिथेन सजिलैसँग बल्ने पर्दाथ हो । यो कतै ग्यासका रुपमा पाइन्छ भने जापानी समुद्रको पीँधमा हिउँमा मिसिएको पाइएको छ ।
समुद्रको पीँधमा पाइएको हिउँ बाहिर ल्याएर सलाई कोरी बाल्दा सजिलै बल्ने गर्दछ । जापानले उक्त हिउँ उर्जा उत्खनन गरेर प्रयोग गर्ने योजना बनाएको छ । आगामी दश वर्षमा सो योजना सफलताका साथ सुचारु गरी हिउँ उर्जा प्रयोग गर्ने उनीहरुको लक्ष्य रहेको छ । यस्तो हिउँ उर्जा विश्वको पेट्रोल, डिजेल र कोइला भण्डारको एक तिहाइ भएको अनुमान गरिएको छ । पेट्रोल, डिजेल जस्ता उर्जाको स्रोतसँगै यस हिउँ उर्जाको विशाल भण्डार उपयोगका लागि विश्वका वैज्ञानिकहरु र सरकारहरुको प्रतिस्पर्धा सुरु भएको छ । (स्रोत: बिबिसी)
प्रतिक्रिया