कुन सडकमा कसले ढल निर्माण गर्ने !

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १६, २०७६
|
|
५३ पटक हेरिएको
Shares
कुन सडकमा कसले ढल निर्माण गर्ने !

सारांश

  • ढल निर्माण र मर्मतको जिम्मेवारी कसको हो ?
  • स्थानीय सरकार, शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा खानेपानी मन्त्रालय ?
  • यो कुरामा स्थानीयवासी मात्रै होइन स्वयं सेवा प्रदायक संस्थासमेत जानकार छैनन् ।

ढल निर्माण र मर्मतको जिम्मेवारी कसको हो ? स्थानीय सरकार, शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा खानेपानी मन्त्रालय ? यो कुरामा स्थानीयवासी मात्रै होइन स्वयं सेवा प्रदायक संस्थासमेत जानकार छैनन् । नेपाल सरकारका तीन मन्त्रालय र स्थानीय सरकार सबैले एकार्कालाई देखाएर पन्छँदा काठमाडौँ उपत्यकालगायत उपत्यका बाहिरका शहरी क्षेत्रमा उचित ढल व्यवस्थापन हुन सकेको छैन । ढल निर्माणको मुख्य जिम्मेवारी खानेपानी तथा सरफाइ मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागको भए पनि सेवाप्रदायक संस्थाबीच समन्वय हुन नसक्दा समस्या आउने गरेको छ । स्थानीयवासी पनि कुन निकायलाई उजुरी गर्ने भन्नेमा अन्योलमा छन् ।
काठमाडौँ उपत्यकामा धेरै स्थानमा ढलको उचित व्यवस्थापन नहुँदा र भएका ढलसमेत नियमित रुपमा मर्मत नहुँदा स्थानीयवासी हैरान छन् । ढल नभएका स्थानमा फोहर पानी सडकमा नै बग्ने हुँदा दुर्गन्ध फैलिएको छ । धेरै वर्षदेखि वर्षाको पानीको निकास नहुँदा ललितपुरको कुमारीपाटी पूरै डुबानमा पर्दै आएको छ । त्यो नियति धेरै वर्षदेखि दोहोरिएको स्थानीयवासी अनुप श्रेष्ठले बताउनुभयो । सडकमा रहेको पानी निकास नहुँदा त्यहाँ रहेका पसल र घर डुबानमा परेको उहाँले बताउनुभयो । स्थानीयवासी समस्या तत्काल समाधानको माग गर्दै महनगरपालिका पुगे । महानगरपालिकाले भने खानेपानी तथा ढल व्यवस्थापन विभाग पठाएको थियो । उहाँले भन्नुभयो, “ढल बनाउने र समस्या आउँदा खोल्ने कसले भन्नेमा नै हामी अन्योलमा छौँ ।”
ढल निर्माण र सुधारमा समन्वयको अभाव रहेको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताउनुभयो । ढल निर्माणका काममा तीनै मन्त्रालयले काम गरे पनि त्यसको मर्मतलगायत काम खानेपानी तथा सरसफाइ मन्त्रालयले नै गर्दै आएको छ । ढल निर्माणको काम जुनसुकै निकायले गरे पनि समस्या आउँदा गाली यही मन्त्रालयले पाउने गरेको उहाँले बताउनुभयो । ढल निर्माण मात्रै गरेर नहुने हुँदा कुन पाइपलाई कहाँ लगेर जोड्ने कसरी निकास गर्ने भन्ने तय गर्न आपसी समन्वयको खाँचो पर्छ । उहाँले भन्नुभयो, “पहिले सबैले पैसा छुट्टाएर निर्माण गरे पनि समस्या आएपछि भने खानेपानी मन्त्रालय नै खोज्ने अवस्था छ ।”
ढल निर्माणमा दक्ष जनशक्ति एकातिर हुने र काम अर्काे निकायले गर्ने भइरहेको प्रवक्ता शाक्यको भनाइ छ । ढलसम्बन्धी ज्ञान भएको प्राविधिक जनशक्ति आफ्नो मन्त्रालयमा भए पनि दक्षता भएका जनशक्ति नभएका निकायले निर्माण गर्दा समस्या आउने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हाम्रो मन्त्रालयमा रहेका सरसफाइसम्बन्धी विज्ञको पनि विज्ञताको प्रयोग हुन खाँचो छ ।”
कुन सडकमा कसले ढल निर्माण गर्ने भन्नेमा नै स्थानीय तह अन्योलमा छन् । सडकका विषयमा आठ मिटरसम्म सङ्घीय सरकार र प्रदेश सरकारले र त्यसभन्दा कम चौडाइको सडक स्थानीय सरकारले निर्माण गर्ने उल्लेख छ । कुन सडकमा कसले ढल निर्माण गर्ने भनी टुङ्गो नभएको काठमाडौँ महानगरपालिाकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो । उहाँका अनुसार त्यससम्बन्धी व्यवस्था नै नभए पनि सामान्यतया ठूला चौडाइका सडकमा सङ्घीय सरकार र कम चौडाइमा स्थानीय सरकारले ढल निर्माणको काम गर्दै आएको छ । महानगरपालिकाले निर्माण गरेको ढल त्यहाँ रहेका वडाले मर्मत गरिरहेको उहाँले बताउनुुभयो । महानगरपालिकामा झण्डै ८० प्रतिशत स्थानमा ढल निर्माण भइसकेको उहाँले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “बाँकी रहेका स्थानमा पनि ढल निर्माण गर्दै जाने योजना छ ।”
ढलको समस्या काठमाडौँ उपत्यकाका नगर क्षेत्रसँगै नयाँ बनेका नगरपालिकामा समेत देखिरहेको छ । ग्रामीण बस्तीमा शहरीकरणसँगै फोहरपानीको व्यवस्थापनको समस्या देखिरहेको हो । पानीको उचित निकास नहुँदा वर्षाका समयमा काठमाडौँ उपत्यकाका धेरै सडक डुबानमा पर्नै र स्थानीयवासीको घरभित्रै पानी छिर्ने समेत समस्या हुने गरेको छ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आउँदा फोहरपानीको मात्रा अझै बढ्ने देखिएको छ । पानीको ब्यबस्थापनका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यन्वयन निर्देशनालयले चार स्थानमा फोहरपानी प्रशोधन केन्द्र निर्माण गरिरहेको छ । गुहेश्वरी, सूर्य्विनायक, बालकुमारी र सुन्दरीघाटमा फोहरपानी प्रशोधन केन्द्र निर्माण गर्न लागिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेले मुख्यमन्त्री टुंगो लगाउँदै, यस्ता छन् आकांक्षीहरु
संविधान कार्यान्वयनका लागि कानून निर्माण मुख्य विषय : सभामुख महरा
संविधान कार्यान्वयनका लागि कानून निर्माण मुख्य विषय : सभामुख महरा
छोरीको विवाह तयारी भइरहेका बेला घरमा आगो लागेपछि…
छोरीको विवाह तयारी भइरहेका बेला घरमा आगो लागेपछि…
जनार्दन शर्मालाई लिएर सोलुखुम्बु किन पुगे प्रचण्ड ?
जनार्दन शर्मालाई लिएर सोलुखुम्बु किन पुगे प्रचण्ड ?
गुटगत स्वार्थमा रुमल्लिएको सभामुख पद (टिप्पणी)
गुटगत स्वार्थमा रुमल्लिएको सभामुख पद (टिप्पणी)
ओलीको नाम देखाएरै जनतासँग भोट मागिएकाले महाधिवेशन अगाडी दुवै पदबाट राजीनामा दिन मिल्दैनः उपप्रधानमन्त्री पोखरेल
ओलीको नाम देखाएरै जनतासँग भोट मागिएकाले महाधिवेशन अगाडी दुवै पदबाट राजीनामा दिन मिल्दैनः उपप्रधानमन्त्री पोखरेल
चियापानमा वार्षिक ६ अर्ब ९४ करोड खर्च !
चियापानमा वार्षिक ६ अर्ब ९४ करोड खर्च !
चीनबाट ल्याईका नेपालीहरुको रिपोर्ट आयो, कसैलाई कोरोना नभएको पुष्टि
चीनबाट ल्याईका नेपालीहरुको रिपोर्ट आयो, कसैलाई कोरोना नभएको पुष्टि
जसपाको विधान अधिवेशन सुरु
जसपाको विधान अधिवेशन सुरु
विश्वासको मतबारे निर्णय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
विश्वासको मतबारे निर्णय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै