१४६ किलोकी महिलाले घटाइन् ८८ किलो तौल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ११, २०७७
|
|
२१ पटक हेरिएको
Shares
१४६ किलोकी महिलाले घटाइन् ८८ किलो तौल

सारांश

  • एक अमेरिकी महिलाले आफ्नो ८८ किलो तौल जबरजस्ती घटाएर कायापलट गरेकी छिन् ।
  • उनको तौल १४६ किलो पुगेको थियो ।
  • तर, ८८ किलो तौल घटाएर सफलता हासिल गरेकी छिन् ।

एक अमेरिकी महिलाले आफ्नो ८८ किलो तौल जबरजस्ती घटाएर कायापलट गरेकी छिन् । उनको तौल १४६ किलो पुगेको थियो । तर, ८८ किलो तौल घटाएर सफलता हासिल गरेकी छिन् । टेक्सासमा बस्ने लिड्से हुवरले तौल घटाउँनको लागि १० लाख रुपैयाँ खर्च गरेकी हुन् ।

२३ वर्षीया यी महिला एक बच्चाको आमा पनि हुन् । उनले सपना जसरी आफ्नो तौल घटाएर मानिसहरुको हेर्ने दृष्टि नै परिर्वतन गरेकी छिन् । उनको तौल करीब डेढ क्विन्टलसम्म पुगेको थियो । बढ्दै गएको अत्यधिक तौलको कारण उनको जीवन तहसनहस भएको थियो । यसकारण उनले जति नै खर्च गरेर भएपनि तौल घटाउँने उनी पुगिन् ।

उनले धेरै तरिकाले मोटापन घटाएपनि शरीरका झुन्डिएका छाला जम्मा भए । अहिले भने सबै समस्या हटेर राम्रो भएको छ । उनले ८८ किलो तौल घटाएकी छिन् । अब उनले फिटिङ कपडा लगाउन सक्छिन् । पुराना कपडा उनलाई ठुलो हुन थालेको छ ।

तौल घटाउन उनले गैस्ट्रिक बाइपासको साहारा लिएकी थिइन् । त्यसको साथमा खानपान पनि परिर्वतन गरेकी थिइन् । जंकफुड जस्ता बाहिरका खाना बन्द गरेकी छिन् । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?