राष्ट्रियसभामा चार अध्यादेश प्रस्तुत

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २३, २०७५
|
|
४० पटक हेरिएको
Shares
राष्ट्रियसभामा चार अध्यादेश प्रस्तुत

सारांश

  • काठमाडौँ, २३ वैशाख , संघीय संसद्को दोस्रो अधिवेशनअन्तर्गत माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभाको पहिलो बैठक आज बस्यो ।
  • संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको उक्त बैठकको प्रारम्भमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सदस्यहरुलाई स्वागत गर्दै राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरेर सुनाउनुभयो ।
  • बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले समितिको प्रतिवेदन–२०७५ सभासमक्ष प्रस्तुत गर्नुभयो ।

काठमाडौँ, २३ वैशाख , संघीय संसद्को दोस्रो अधिवेशनअन्तर्गत माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभाको पहिलो बैठक आज बस्यो ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको उक्त बैठकको प्रारम्भमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सदस्यहरुलाई स्वागत गर्दै राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरेर सुनाउनुभयो ।

बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले समितिको प्रतिवेदन–२०७५ सभासमक्ष प्रस्तुत गर्नुभयो । प्रतिवेदन प्रस्तुत गर्दै उहाँले राष्ट्रियसभालाई स्थायी सभाको चरित्र प्रदान गर्ने सोच अगाडि बढाइएको, अर्को सदन नभएको अवस्थामा राष्ट्रियसभाका एक चौथाई सदस्यहरुले निश्चित विषयवस्तु तोकेर बैठक बोलाउन माग गर्नसक्ने तथा प्रि–बजेटको छलफल गर्नसक्ने व्यवस्था प्रतिवेदनमा समेटिएको जानकारी दिनुभयो ।

यसअघि राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति गुरुङले समितिको म्याद थपसम्बन्धी सभामा राख्नुभएको प्रस्तावलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७५’ प्रस्तुत गर्नुभयो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५’ प्रस्तुत गर्दै चिकित्सा क्षेत्रमा राज्यको लगानी वृद्धि गर्ने, नियमन गर्ने तथा चुस्त र गुणस्तरीय तुल्याउने उद्देश्यका साथ अध्यादेश जारी भएको बताउनुभयो ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले ‘बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग अध्यादेश, २०७५’ र ‘संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवा शर्त र सुविधासम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५’ प्रस्तुत गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानिय निकायका कर्मचारी आन्दोलनमा
स्थानिय निकायका कर्मचारी आन्दोलनमा
साउन १ देखि मतदाता नामावली सङ्कलन हुँदै, कहाँ गएर टिपाउने आफ्नो नाम ?
साउन १ देखि मतदाता नामावली सङ्कलन हुँदै, कहाँ गएर टिपाउने आफ्नो नाम ?
आज पारशको जन्मदिन : परिवार पोखरामा पारस एक्लै चितवनतिर
आज पारशको जन्मदिन : परिवार पोखरामा पारस एक्लै चितवनतिर
चुरोटकी अम्मली सुमोनाले कसरी छोडिन् चुरोटरु
चुरोटकी अम्मली सुमोनाले कसरी छोडिन् चुरोटरु
जुम्लाबासीकाे पीडा: १० चक्की खानुपर्नेमा २ चक्की औषधि खान्छन् बिरामी
जुम्लाबासीकाे पीडा: १० चक्की खानुपर्नेमा २ चक्की औषधि खान्छन् बिरामी
एमाले २४, माओवादी ९ र कांग्रेस ५ स्थानमा विजयी (हेर्नुस् कसको कति अग्रता)
एमाले २४, माओवादी ९ र कांग्रेस ५ स्थानमा विजयी (हेर्नुस् कसको कति अग्रता)
भारतले यस वर्ष अन्य देशलाई खोप नदिने
६ महिनाभित्र बागमती प्रदेशका १ लाख २८ हजार सवारी साधन कारबाहीमा
६ महिनाभित्र बागमती प्रदेशका १ लाख २८ हजार सवारी साधन कारबाहीमा
नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाको कमाल ,चकित पार्ने मत पायो राप्रपा ले..
नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाको कमाल ,चकित पार्ने मत पायो राप्रपा ले..
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज मनाइँदै
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज मनाइँदै

तपाईंले छुटाउनुभयो कि?