हत्या आरोपमा ८३ वर्षीय कटुवाल पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०८०
|
|
४७ पटक हेरिएको
Shares
हत्या आरोपमा ८३ वर्षीय कटुवाल पक्राउ

सारांश

  • ओखलढुङ्गा ।
  • ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
  • छिमेकी सोही उमेरका सोमबहादुर अधिकारीको हत्या आरोपमा सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई प्रहरीले पक्राउ गरेको हो ।

ओखलढुङ्गा । ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी सोही उमेरका सोमबहादुर अधिकारीको हत्या आरोपमा सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई प्रहरीले पक्राउ गरेको हो ।

एउटै साल एकै गाउँमा जन्मिएर ८३ औँ वर्ष सहकार्य गरेर छिमेकी दुई वृद्धबीच बुधबार बिहान ८ः३० बजे सामान्य भनाभन भएको थियो । गोठबाट दूध लिएर घर फर्कदै गरेका अधिकारी कट्वालले धकेल्दा लडेर घाइते हुनुभएको थियो । गम्भीर घाइते अधिकारीलाई उपचारको लागि अस्पताल ल्याइएकोमा अस्पताल पु-याउना साथ अस्पतालले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए ।

घटनामा संलग्न वृद्धलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । बुधबार साँझ पक्राउ परेका वृद्ध कटवाल प्रहरी हिरासतमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?