गणेश चतुर्थी पर्व मनाइँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०८०
|
|
५३ पटक हेरिएको
Shares
गणेश चतुर्थी पर्व मनाइँदै

सारांश

  • काठमाडौं।
  • अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ।
  • प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ।

काठमाडौं। अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ। आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिए।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ।

बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजाआराधना गरी अघ्र्य दिनुपर्ने विधि रहेको धर्मशास्त्रविद् भट्टराईले सुनाए। यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रतसमेत गर्छन्।

मंगल चतुर्थीसमेत भनिने यो पर्व आज भने मंगलबार नै परेको छ। यो पर्वलाई नेवार समुदायले भने चथा नाममा मनाउँछन्। तिथिको घटबढका कारण गणेश चतुर्थी अर्थात् चथा पर्व र ऋषि पञ्चमी पर्व पनि मंगलबार नै रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए।

सूर्योदय कालमा चतुर्थी तिथि र मध्याह्नकालमा पञ्चमी तिथि परेकाले समितिले यस्तो निर्णय गरेको उनले बताए।

यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन पनि नेवार समुदायमा रहेको छ। विसं २०६५ देखि यस पर्वका अवसरमा चतुर्थीको भोलिपल्ट राजधानीलगायत मुख्य सहरमा गणेश रथयात्रा पनि गरिन्छ। यस वर्ष भने रथयात्रा पनि आजै गरिने जनाइएको छ।

विसं २०६४ मा यसै दिन राष्ट्रिय धर्मसभाको स्थापना भएको थियो। यसैले यस दिन धर्मसभाको स्थापना दिवसका रुपमा पनि मनाउने गरिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
डा. केसीलाई आमरण अनशन तोड्न सरकारको आग्रह
डा. केसीलाई आमरण अनशन तोड्न सरकारको आग्रह
लालबाबु पण्डित अाफैले गरेकाे निर्णय किन हटाउन खाेज्दैछन् ?
कोरियाली सीमामा दुई देशका राष्ट्रप्रमुखबीच तानातान (फोटो फिचरसहित)
कोरियाली सीमामा दुई देशका राष्ट्रप्रमुखबीच तानातान (फोटो फिचरसहित)
चितवन १ मा कांग्रेसका बागी उम्मेदवार बुर्लाकोटीको समर्थन विश्व पौडेललाई
चितवन १ मा कांग्रेसका बागी उम्मेदवार बुर्लाकोटीको समर्थन विश्व पौडेललाई
मध्यरातमा विज्ञप्ति जारी गर्दै बाबुरामले भने  ‘एमाले माओवादी गठबन्धन सिन्डिकेट हो’ (पूर्ण पाठ)
मध्यरातमा विज्ञप्ति जारी गर्दै बाबुरामले भने  ‘एमाले माओवादी गठबन्धन सिन्डिकेट हो’ (पूर्ण पाठ)
पत्रकार वडाध्यक्षमा विजयी
सुन काण्ड छानविन समितिका डिएसपी चोरी गाडी र अकुत सम्पत्ति प्रकरणमा छानविनमा !
सुन काण्ड छानविन समितिका डिएसपी चोरी गाडी र अकुत सम्पत्ति प्रकरणमा छानविनमा !
राप्रपा कास्कीद्वारा हिन्दुराष्ट्र कायम गर्ने माग सहित ज्ञापन पत्र बुझाइयो
राप्रपा कास्कीद्वारा हिन्दुराष्ट्र कायम गर्ने माग सहित ज्ञापन पत्र बुझाइयो
हेटौंडामा गठबन्धनको लामा र बानियाँको विजय निश्चित
हेटौंडामा गठबन्धनको लामा र बानियाँको विजय निश्चित